Home ठूलो पर्दा सलोनको ‘रंगी’ बाट नम्रता श्रेष्ठको डेव्यु

सलोनको ‘रंगी’ बाट नम्रता श्रेष्ठको डेव्यु

by Parda Sansar
A+A-
Reset

झापा । सलोन सलिना फिल्मस् प्रा.लिको व्यानरमा निर्माण हुने फिल्म ‘रंगी’ मा ‘मिस वल्र्ड नेपाल २०२०’ नम्रता श्रेष्ठ अनुबन्धित भएकी छन् । सलोन बस्नेत प्रस्तुतकर्ता रहने फिल्ममा नम्रताको ‘डेब्यू’ अभिनय रहनेछ ।

हालै निर्माण पक्षले नम्रतालाई फिल्ममा अनुबन्ध गरेको हो । नम्रताले यसअघि आफूलाई एक वेब सिरिजको लागि अफर आए पनि आफ्नो भूमिका चुनौतिपूणर् र विवादास्पद लागेकाले अभिनय नगरेको खुलाइन् । ‘वेब सिरिजमो स्क्रिप्टमा मेरो क्यारेक्टर अलिक कन्ट्रोभर्सियल किसिमको थियो । म अलिक सोझी छु । तर, वेब सिरिजको क्यारेक्टर ग्ल्यामर किसिमको भएकाले विवाद आउँछ भनेर मैले काम गरिनँ’ उनले भनिन् ।

‘छक्का पन्जा’, ‘ए मेरो हजुर २’, ‘यात्रा’, ‘म यस्तो गीत गाउँछु २’, ‘कृ’लगायतका फिल्ममा मुख्य सहायक निर्देशनको अनुभव संगालेका सुरेश न्यौपानले यही फिल्ममार्फत निर्देशनमा ‘डेब्यू’ गर्दैछन् । यसअघि निर्माण पक्षले फिल्मको टाइटल पोस्टर सार्वजनिक गरेको छ । जहाँ साइकलमा बसिरहेकी एक बालिका र उनीसँग खेल्दै गरेका एक पुरुष देखाइएको छ । सक्षम सुवेदीको निर्माण रहने फिल्ममा सुमन गजमेरको लेखन छ भने   सौरभ लामा छायाकारका रुपमा अनुबन्धित भइसकेका छन् ।

 

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link