Home Main Highlight News हलहरूमा बेहुली फ्रम मेघाैली

हलहरूमा बेहुली फ्रम मेघाैली

by Parda Sansar
A+A-
Reset

काठमाडौं । आजदेखि देशभरका सिनेमाघरमा चलचित्र ‘बेहुली फ्रम मेघौली’ प्रदर्शनमा आएको छ । चलचित्र  घटस्थापनादेखि सार्वजनिक प्रदर्शनमा आएको हो । चलचित्रको सोमबार साँझबाट प्रायः मल्टिप्लेक्सहरूमा एड्भान्स बुकिङ खुला गरिएको थियो । देशभरका मल्टिप्लेक्सहरूमा चलचित्र पर्याप्त शो पाएको छ ।

 

‘बेहुली फ्रम मेघौली’ले नेपालमा अहिलेसम्मकै सबैभन्दा धेरै शो पाउने चलचित्र बनेको छ । वितरक अशोक शर्माले ‘बेहुली फ्रम मेघौली’ ले ३३५ शो पाएको जानकारी दिनुभएको छ । काठमाडौंभित्र र बाहिरका मल्टिप्लेक्स र सिंगल थिएटर गरी ३३५ शो पाएको हो । अहिलेसम्म ठूला ब्यानर र पपुलर ब्राण्डका चलचित्र रिलिज हुँदा पनि यति धेरै शो नपाएको उहाँको भनाइ छ ।

साजन काफ्ले र आकाश बरालको संयुक्त निर्देशनमा बनेको यो चलचित्रले छोरीका लागि योग्य वर (केटा) खोज्न परिवारले गर्ने संघर्षलाई रमाइलो शैलीमा देखाएको छ । चलचित्रमा स्वस्तिमा खड्का र निश्चल बस्नेत शीर्ष भूमिकामा हुनुहुन्छ भने बसुन्धरा भुसाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु विष्ट, आमिर गौतम, टीका पहारीलगायतको अभिनय छ । चलचित्रले उमेर पुगेकी युवतीमाथि समाज र परिवारले विवाहका लागि दिने दबाब र सोका कारण उत्पन्न परिस्थितिको कथा पेस गर्छ ।

ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा अभिनेता विजय बराल कास्टिङ डिरेक्टर रहेको सिनेमामा नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको कोरियोग्रफी छ । जयन जे वाइवा र कुशल पोखरेलको संगीत, निमेष श्रेष्ठको सम्पादन, घनश्याम श्रेष्ठको प्रोडक्सन डिजाइन छ । चलचित्रलाई एप्पल इन्टरटेनमेन्ट र डिसिएनले वितरण गर्दैछन् ।

(हिमालय टाइम्सबाट)

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link