Home समाचार यस्तो देखिए प्रभास ‘राजा साहब’ बन्दा

यस्तो देखिए प्रभास ‘राजा साहब’ बन्दा

by Parda Sansar
A+A-
Reset

दक्षिण भारतीय अभिनेता प्रभास अभिनीत फिल्म ‘राजा साहब’ को मोशन पोस्टर सार्वजनिक गरिएको छ।

बुधबार उनको जन्मदिनको अवसर पार्दै फिल्मको पोस्टर सार्वजनिक गरिएको हो। सार्वजनिक पोस्टरमा प्रभासलाई राजा साहबको अवतारमा प्रस्तुत गरिएको छ।

हरर कमेडी फिल्ममा निधि अग्रवाल, मालविका मोहनन, सञ्जय दत्त, अनुपम खेर, मुरली शर्मा, जिशु सेनगुप्ता, योगी बाबूलगायत कलाकारको अभिनय छ। फिल्मलाई मारूतिले निर्देशन गरेका हुन्।

यो फिल्म सन् २०२५ अप्रिल १० देखि सिनेमा हलमा रिलिज हुनेछ।

यस फिल्मपछि उनी ‘सलार २’ मा देखिनेछन्। छिट्टै यस फिल्मको छायांकनको सुरू हुनेछ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link