Home समाचार ‘भ्वाइस अफ नेपाल सिजन ६’को कोचमा राजु लामाको पुनरागमन

‘भ्वाइस अफ नेपाल सिजन ६’को कोचमा राजु लामाको पुनरागमन

by Parda Sansar
A+A-
Reset

काठमाडौं । ‘द भ्वाइस अफ नेपाल’ सिजन ६’को कोचको रुपमा राजु लामाको पुनरागमन भएको छ । यो लोकप्रिय गायन रियालिटी शोले विहिबार बेलुका पहिलो कोचस्वरुप लामाको नाम घोषणा गरेको हो ।

एक भिडियो सन्देश जारी गर्दै राजुलाई कोचको रुपमा चिनाइएको छ । भिडियोमा लामा भन्छन्- ‘तपाईंहरुको आवाजलाई सगरमाथाको शिखरमा पु¥याउन आइपुगेको छ तपाईंहरुको जो जो ।’

लामा यसअघि सिजन २, ३ र ४ मा कोच रहिसकेका छन् । पाँचौ सिजनमा उनी देखिएनन् । सिजन ४ मा उनको टीम विजयी भएको थियो । उनी भ्वाइस किड्सको पहिलो सिजनका कोच पनि थिए ।

शो निर्देशक लक्ष्मण पौडेलले बाँकी ३ कोचको टुंगो यसैसाता लाग्ने बताए । ‘पहिलो कोचको रुपमा राजुजी फाइनल हुनुभयो । केही दिनमा बाँकीसँग साइन हुँदैछ’ अनलाइनखबरसँग उनले भने, ‘केही नयाँ र केही पुरानै हुने सम्भावना छ ।’

सिजन ५ को ब्लाइन्ड अडिसन तिहारलगत्तै सुरु हुने जनाइएको छ । यो रियालिटी शो मंसिर अन्त्यदेखि हिमालय टिभीमा प्रसारण हुने निर्देशक पौडेलले जनाए ।

 

Coach Reveal Promo |The Voice of Nepal Season 6 – 2024

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link