बिर्तामोड । सबै किसिमका बीमासम्बन्धी जनचेतना अभिबृद्धि गर्ने उद्देश्यले नेपाल बीमा प्राधिकरण कोशी प्रदेशले आज झापाको बिर्तामोडमा पत्रकारसँग अन्तरक्रिया गरेको छ ।
प्राधिकरणले बीमासम्बन्धी विभिन्न विषयमा झापाली सञ्चारकर्मीसँग अन्तरक्रियासँगै छलफल गरेको हो । प्राधिकरणका प्रमुख बिनोदकुमार पोखरेलले बीमाको आवश्यकता र महत्व, बीमाको प्रकार, प्राधिकरणको परिचय, काम, कर्तव्य रअधिकार, सरोकारवालाहरु, बीमा गर्दा ध्यान दिनुपर्ने कुरा, उजुरी गर्न सकिने जस्ता विषयमा जानकारी गराएका थिए ।
उनले पछिल्लो समय सरकारले नै सबैको बीमामा जोड दिएकाले प्राधिकरणले स्थानीय तह, विभिन्न संघसंस्था, सरोकारवाला निकाय तथा व्यक्तिलाई जानकारी गराउने उद्देश्यले छलफल तथा अन्तरक्रिया कार्यक्रम गर्दै आएको बताए ।
नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा झापाली पत्रकारसहित विभिन्न बीमा कम्पनीका कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन प्राधिकरणकी कोशी सहायक निर्देशक पुष्पा खनालले गरेकी थिइन् ।
Purna Bahadur ko Sarangi TRAILER REVIEW | Bijaya Baral | Parda Sansar – Ekraj Pradhan
Source: JhapaToday