इटहरी / ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’को ट्यालेन्ट राउन्ड सम्पन्न भएको छ । बुधबार इटहरीमा प्रतियोगिताको ट्यालेन्ट राउण्ड सम्पन्न गरिएको हो ।
ट्यालेन्ट राउण्डमा ५५ जना फाइनल प्रतिस्पर्धीले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । ग्लोबल ड्रिम्स म्यानेजमेन्ट प्रा.लि. र ओपन स्पेस प्रालीको संयुक्त आयोजनामा भएको बालबालिकाहरुको लुकेका प्रतिभा प्रस्फुटन गर्ने यो प्रतियोगिताको कार्तिक १४ गते ग्रान्ड फिनाले हुने आयोजकले जनाएको छ ।
ट्यालेन्ट राउण्डको निर्णायकमा मिसेस पूर्वेली आइकन २०२४ की विजेता रेनुका श्रेष्ठ, मिस्टर नेपाल २०२४ का मिस्टर ह्याण्डसम टाइटल विजेता पिन्टु सन्याल, डान्स कोरियोग्राफर उर्मिला तामाङ, यसोदा लम्साल रहेका थिए । सम्पूर्ण प्रतियोगीहरुको ट्यालेन्टलाई मुल्यांकन गरेर फाइनलमा ‘मिस्टर एण्ड मिस ट्यालेन्ट’को टाइटल प्रदान गरिने आयोजक संस्थाले जनाएको छ ।
यसअघि दुई चरणमा अडिसन प्रक्रिया सम्पन्न भएको थियो । पहिलो अडिसनमा ८० जना बालबालिकाले भाग लिएका थिए भने दोस्रो अडिसनमा ५० जना बालबालिकाको सहभागिता थियो । त्यहाँबाट छनौट भएर अहिले ५५ जना फाइनलमा पुगेका हुन् । प्रतियोगिताको कोरियोग्राफी शुभेक्षा कार्कीले गरिरहेकी छन् । उनले विभिन्न सिक्वेन्समा र्याम्प वाल्कको प्रशिक्षण गराइरहेकी छन् ।
प्रतियोगीहरूलाई व्यक्तित्व विकास, बोल्ने शैली, प्रश्नोत्तर क्षमता, योगा लगायतका विभिन्न विषयमा प्रशिक्षण दिइरहेको आयोजकले जनाएको छ । यो प्रतियोगिताको फाइनल यही कार्तिक १४ गते इटहरी अवस्थित लायन्स क्लबको सभाहलमा दिउँसो ४ बजे हुँदैछ । ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’को फिनालेबाट ३ क्याटोगरीमा विजेता घोषणा गरिने आयोजकले जानकारी गराएको छ । विजेतालाई ३०/३० हजार नगदसहित विभिन्न आकर्षक पुरस्कारहरू प्रदान गरिनेछ र ट्यालेण्टको आधारमा सबटाइटलहरु प्रदान गरिने आयोजकको भनाइ छ ।