काठमाडौँ । मीनबहादुर भाम निर्देशित नेपाली चलचित्र ‘शाम्बाला’ले भारतको मुम्बई फिल्म फेस्टिभलमा स्पेसल मेन्सन अवार्ड जितेको छ ।
थिन्ले ल्हामो, सोनम तोप्देन, कर्मको मुख्य अभिनय रहेको फिल्मले टर्कीको प्रसिद्ध अन्तर्राष्ट्रिय बोस्फोरस फिल्म फेस्टिभलमा पनि उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म अवार्ड, मीनबहादुर भामले उत्कृष्ट निर्देशक र ल्हामोले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन् ।
अवार्डसँगै विजेताले नगद पुरस्कार पनि प्राप्त गरेका छन् । उत्कृष्ट फिल्मले १ लाख टर्किस लिरा, उत्कृष्ट निर्देशकले ५० हजार टीएल, उत्कृष्ट अभिनेत्रीले ३० हजार टीएल, उत्कृष्ट अभिनेताले ३० हजार टीएल र स्पेसल जुरी प्राइजको विजेताले ३० हजार टीएल नगद पनि प्राप्त गरेका छन् ।
‘शाम्बाला’ यसअघि जर्मनीको बर्लिन फिल्म फेस्टिभल र स्विट्जरल्याण्डको लोकार्नो फिल्म फेस्टिभलमा स्क्रिनिङ भैसकेको छ । यो फिल्म अहिले पनि केही नेपाली हलमा प्रदर्शनरत छ ।