Home Main Highlight News ‘बाटुलो जून’को शीर्ष गीतमा अनमोल र प्रिन्सीको रोमान्टिक केमेस्ट्री
 

‘बाटुलो जून’को शीर्ष गीतमा अनमोल र प्रिन्सीको रोमान्टिक केमेस्ट्री

by Parda Sansar
A+A-
Reset

काठमाडौं । तिहारको अवसर पारेर आगामी कात्तिक २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘बाटुलो जून’को शीर्ष गीत सार्वजनिक गरिएको छ । प्रेममा रहेका जोडीको भावना र रोमान्टिक क्षणलाई समेटिएको गीतमा एसडी योगीको संगीत तथा राम अविरल विष्टको शब्द रहेको छ । गीतमा एसडी योगी र सानु सुनारको स्वर सुन्न सकिन्छ ।

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका मुख्य कलाकार अनमोल केसी र प्रिन्सी खतिवडासँगै निर्देशक भुवन केसी र गरिमा पन्तलाई प्रस्तुत गरिएको छ । भिडियोमा अनमोल र प्रिन्सीलाई भुवन र गरिमाको युवावस्थाको भूमिकामा देखाइएको छ । चारै कलाकारको रोमान्टिक प्रस्तुतिले गीतलाई थप आकर्षक बनाएको छ । दृश्यका सेटअपहरू सुन्दर रहेका छन् ।

सनराइज पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्ममा न्यान्सी खड्का, प्रकाश घिमिरे, रेअर राई, दीपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, लक्ष्मीनाथ तिमिल्सिना, शिशिर सिवाकोटी र हिना नगरकोटीलगायतका कलाकारको पनि अभिनय रहेको छ । फिल्मलाई अभिनेत्री जीया केसी र भविष्य खड्काले निर्माण गरेका हुन् भने विवेक थापा सह-निर्माताका रूपमा छन् ।

करिब ३० को दशकको परिवेशमा आधारित फिल्मले प्रेमकथालाई पर्दामा प्रस्तुत गर्नेछ । फिल्मको कथा सामिप्यराज तिमल्सेना, सरिन पोखरेल र काजल केसीले तयार पारेका हुन् । पटकथा तथा संवाद सामिप्यराज तिमल्सेना र सरिन पोखरेलको रहेको छ ।

फिल्ममा राजेश श्रेष्ठको छायांकन, कृष्ण भण्डारीको सम्पादन, युग भुसाल र एसडी योगीको संगीत, रोमन बज्राचार्यको पार्श्व संगीत तथा सार्थक तालेको ध्वनि संयोजन रहेको छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link