Home Main Highlight News प्रवीण खतिवडाको मुख्य भूमिकामा ‘डोरी’ बन्दै

प्रवीण खतिवडाको मुख्य भूमिकामा ‘डोरी’ बन्दै

by Parda Sansar
A+A-
Reset

काठमाडौं । चलचित्र ‘डोरी’ निर्माण घोषणा गरिएको छ । जी सेवेन प्रोडक्सनको ब्यानरमा निर्माण हुने नयाँ नेपाली चलचित्र ‘डोरी’ निर्माण घोषणा गरिएको हो ।
हरर, थ्रिलर, एक्सन र कमेडीको मिश्रणमा निर्माण हुन लागेको यस चलचित्रलाई अरुण लामाले निर्देशन गर्दै हुनुहुन्छ । निर्देशक लामाले ‘डोरी’को कथा परिवारको आर्थिक बोझ हल्का गर्न जीवनका जोखिमपूर्ण निर्णयहरू लिने एउटा जीवनको गहिरो दुष्चक्रमा फसेको संघर्षशील युवाको वरिपरि घुम्ने जनाउनुभएको छ । उहाँका अनुसार चलचित्रमा हाँसो, त्रास, र असफलतासहितको संघर्षलाई रोचक तरिकामा प्रस्तुत गरिने छ ।

चलचित्रमा मुख्य भूमिकामा प्रवीण खतिवडा, शिशिर बांगदेल, कविता आले, राज पौडेल, विशाल राई, मिलन राई, नूतन र वीरेन्द्र सिंह कुशवाहालगायतको अभिनय रहनेछ । मुख्य नायिकाको चयनको प्रक्रिया अन्तिम चरणमा रहेको बताइएको छ । यस चलचित्रमा प्रमुख भूमिका निभाउने मध्येका एक कलाकार राज पौडेलले यही चलचित्रमार्फत चलचित्र अभिनयमा डेब्यु गर्दै हुनुहुन्छ ।

चलचित्रको लेखन निर्देशक अरुण लामाले नै गर्नुभएको छ भने स्क्रिप्टलाई मनोज पण्डितले डक्टरिङ गर्नुभएको छ । यसका निर्माताको नाम ‘मिस्टर एक्स’ रहेको जनाएको छ भने कार्यकारी निर्माता राज थापा रहनुभएको छ । सिनेमाटोग्राफी सौरभ लामा र एक्सन निर्देशनमा राजु तामाङले गर्ने यो चलचित्र ‘डोरी’ आगामी वर्ष सन् २०२५ मा नेपाली सिनेमा घरहरूमा प्रदर्शन गर्ने लक्ष्य निर्माण पक्षले राखेको छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link