37
आर्टमाण्डुको निर्माणमा बनेको चलचित्र ‘ऊनको स्वीटर’ आगामी वैशाख २६ मा प्रदर्शन हुने भएको छ । फेसबुकमा पोस्टर सार्वजनिक गर्दै फिल्म वैशाख २६ मा प्रदर्शन गर्न लागिएको निर्माण टिमले जनाएको छ ।
विपिन कार्की र मिरुना मगरको मुख्य भूमिका रहेको फिल्मका निर्देशक नवीन चौहान हुन् । फिल्मको सहायक कलाकारमा सुनिल पोखरेल, माओत्से गुरुङ, विल्सन विक्रम राई, प्रेम सुब्बा, एलेक्स पारस, परीक्षा लिम्बू, सुरज तमू, शारदादेवी सिलवाललगायतको अभिनय छ ।
निर्देशक चौहानकै लेखन रहेको फिल्मका सह-लेखक सुरज कटुवाल हुन् । आर्टमाण्डुले यसअघि निर्माण गरेको थुप्रै म्युजिकल फिल्म चर्चित रहँदै आएको छ ।