Home ठूलो पर्दा ‘एक्टिङ स्टार’को जुरीमा नीर, अनुप र ऋचा
 

‘एक्टिङ स्टार’को जुरीमा नीर, अनुप र ऋचा

by Parda Sansar
A+A-
Reset

काठमाडौँ । रियालिटी शो ‘एक्टिङ स्टार’को जुरी सार्वजनिक गरिएको छ । आयोजकले अभिनयका बादशाह भनेर चिनिने नीर शाह, थुप्रै सफल कलाकारका गुरु अनुप बराल र चर्चित अभिनेत्री ऋचा शर्मालाई ‘एक्टिङ स्टार’को जुरी भनेर सार्वजनिक गरेको हो ।

शोका लागि अहिले डिजिटल अडिसन चलिरहेको छ । जसका लागि एक हजारभन्दा बढीले सहभागिता जनाइसकेको निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी दिएको छ ।

डिजिटल अडिसनबाट सेलेक्सनमा पर्न सफल व्यक्तिहरूलाई उनीहरूकै गाउँ ठाउँमा पुगेर सहभागिताको प्रमाण पत्र प्रदान गर्ने निर्माण टिमले बतायो । कार्यक्रममा सहभागी हुनका लागि डिजिटल अडिसन मार्फत बालकलाकार, युवा कलाकारको साथै बृद्धहरुको समेत रुचि देखिएको छ ।

अभिनय कला प्रस्फुटन गर्ने उद्देश्यले ल्याउन लागिएको शोका निर्देशक विशाल भण्डारी रहेका छन् । ‘एक्टिङ स्टार’ एपिवान टिभी मार्फत प्रसारण हुनेछ ।

गायन, नृत्य र कमेडीका रियालिटी शोहरुलाई दर्शकले रुचाइरहेका बेला ‘एक्टिङ स्टार’ पनि आउन लागेको हो । ‘एक्टिङ स्टार’ को डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ । ‘एक्टिङ स्टार’का विजेताले नगद पुरस्कारसहित फिचर फिल्ममा काम गर्ने अवसर पाउनेछन् ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link