Home Main Highlight News आउँदो वर्ष केकीको फिल्मबाट डेब्यु गर्दै भाइ विम्ब

आउँदो वर्ष केकीको फिल्मबाट डेब्यु गर्दै भाइ विम्ब

by Parda Sansar
A+A-
Reset

‘स्वर’बाट फिल्ममा डेब्यु गरेकी केकीको पछिल्लो फिल्म ‘बोक्सीको घर’ सुपरहिट रह्यो । उक्त फिल्मले केकीलाई निर्मात्रीको रुपमा समेत घरेलु फिल्ममा स्थापित गर्‍यो । जनवरीमा उनको अभिनय करिअरले १४ वर्ष टेक्दैछ ।

आउने वर्ष निर्मात्रीको रुपमा केकीको व्यस्तता अझै बढ्नेछ । सन् २०२५ मा होम प्रोडक्सन ब्यानर केकी अधिकारी फिल्म्सले नयाँ फिल्म निर्माणको तयारी गरिरहेको छ । केकीले यो फिल्मबाट भाइ विम्ब अधिकारीलाई फिल्ममा डेब्यु गराउँदैछिन् ।

उनको जन्मदिनको सन्दर्भमा केकीले  भाइलाई यो फिल्मबाट डेब्युको तयारी गराइरहेको बताइन् । उनका अनुसार अहिले विम्ब यो फिल्मको तयारीमा छन् ।‘अहिले उसले क्लास लिइरहेको छ’ भाइ विम्बको तयारीबारे केकीले भनिन् । वैशाखदेखि छायांकन हुने फिल्ममा आफ्नो अभिनय हुन्छ या हुँदैन भन्ने बारेमा निधो भइनसकेको उनले बताइन् ।

विम्ब सात वर्षदेखि नाटकमा अभिनय गरिरहेका छन् । नयाँ फिल्मलाई सन् २०२५ मै रिलिज तयारी रहेको केकीले बताइन् ।

नयाँ वर्षमा केकी फिल्मकै विषयमा विद्यावारिधिको तयारीमा पनि छिन् । अध्ययन र फिल्म निर्माणलाई नयाँ वर्षमा सँगै लैजाने उनको योजना छ ।

केकीले यहीबीच आध्यात्मिक यात्रा समेत गरिन् । उनी एक महिनाअघि विपश्यनाबाट फर्किएकी थिइन् । यसबीच आफूलाई आध्यात्मिक महसुस भइरहेको उनले बताइन् । ‘अब धेरै खट्नेभन्दा पनि गुणस्तरीय काम गर्ने सोच छ’ केकीले भनिन्, ‘विपश्यनाले परिवार र व्यवसायमा के गर्न सकिने रहेछ भनेर उत्तरदायी महसुस गराउने रहेछ ।’

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link