Home Main Highlight News ‘पूर्ण बहादुरको सारङ्गी’ ५१ औं दिनमा

‘पूर्ण बहादुरको सारङ्गी’ ५१ औं दिनमा

by Parda Sansar
A+A-
Reset

काठमाडौँ ।  सर्वाधिक कमाउने नेपाली फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ ५१ दिनमा प्रवेश गरेको छ। प्रदर्शनरत फिल्मले शुक्रबार ३८ हलहरुमा ५१ दिन मनाएको थियो ।

तिहारको अवसरमा गत कात्तिक १५ देखि प्रदर्शनरत फिल्मले  ३८ हलमा ५१ दिन मनाउने टिमले जनाएको छ।

फिल्मले ६ सातामा ४९ करोड २५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको टिमले दाबी गरेको थियो।

गन्धर्व समुदायको कथामा आधारित फिल्ममा विजय बराल, अञ्जना बराइली, प्रकाश सपूत, मुकुन भुसाललगायत कलाकारको अभिनय छ।

फिल्ममा सारङ्गी बजाएर जीविकोपार्जन गर्दै आएका पूर्णबहादुर (विजय) को कथा प्रस्तुत गरिएको छ। महेश दवाडीको पटकथा र संवाद रहेको फिल्मका निर्देशक सरोज पौडेल हुन्।

फिल्ममा सहायक कलाकारमा बुद्धि तामाङ, देशभक्त खनाल, भोलाराज सापकोटा, अलिसा बास्तोला, श्याम केसी, सरिता शाह, जानवी पौडेललगायतको अभिनय छ।

फिल्मको ‘रैया चाँदीको’, ‘मैझारो’, ‘दाहिने हातैमा’ र ‘काँधेकुरी’ बोलका गीत श्रोतादर्शकले निकै रुचाएका छन्। सेभेन सिज सिनेमा र बाँसुरी फिल्म्सको प्रस्तुति रहेको फिल्मका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन्।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link