Home Main Highlight News ‘जुना’को मार्मिक टिजर सार्वजनिक

‘जुना’को मार्मिक टिजर सार्वजनिक

by Parda Sansar
A+A-
Reset

काठमाडौँ । बालविवाह र महिला हिंसाका विरुद्धको कथामा बनेको फिल्म ‘जुना: एक व्यथा’को टिजर सार्वजनिक भएको छ । चलचित्र यही माघ २५ गते रिलिज हुने भनिएको छ ।

गोदावरी फिल्म प्रोडक्सन एन्ड रिसर्च प्रालिको ब्यानरमा निर्माण भएको यस चलचित्रको निर्देशन जीवन सेन्चुरीले गरेका हुन् । चलचित्रको टिजरमा प्रमुख कलाकार अस्मिता ढकालको पीडाले भरिएको अभिनय देख्न सकिन्छ । अनमेल विवाहको पीडाले एउटी नारीको जीवन कसरी तहसनहस पार्न सक्छ भन्ने कुरा टिजरमा मार्मिक रूपमा प्रस्तुत गरिएको छ ।

‘चलचित्रले बालविवाहलाई सामाजिक अपराधको रूपमा चित्रण गर्दै यसको अन्त्यका लागि सबैलाई प्रेरित गर्नेछ’, निर्देशक सेन्चुरीले भने, ‘नेपाली समाजमा व्याप्त महिला हिंसा, बालविवाह, अनमेल विवाह जस्ता विकृतिहरूलाई यस चलचित्रले पर्दामा उतारेको छ । यसले नेपाल सरकारले सन् २०३० सम्ममा बालविवाह अन्त्य गर्ने लक्ष्य प्राप्त गर्न मद्दत र्पुयाउनेछ ।’

चलचित्रमा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशझखनाल, रश्मि भट्ट, कमल बोहरा, अस्मिता बस्नेत र खगेन्द्र न्यौपानेजस्ता अनुभवी कलाकारहरूको अभिनय रहेको छ ।

पर्वतको सालिजा ओख्रेनीमा छायाङ्कन गरिएको यस चलचित्रले नेपालको प्राकृतिक सौन्दर्यलाई पनि प्रस्तुत गरेको छ । दीपकप्रसाद घिमिरेको लगानी रहेको यस चलचित्रलाई राजबहादुर सानेले लेखेका हुन् भने बीबी अनुरागी र रमेश सेन्चुरीको सङ्गीत रहेको छ ।
(ठूलो पर्दाबाट)

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link