Home Main Highlight News ‘मायावी’को ‘सितारा जडेको’ गीतः दीपिकाको बिदाईमा भावुक पल

‘मायावी’को ‘सितारा जडेको’ गीतः दीपिकाको बिदाईमा भावुक पल

by Parda Sansar
A+A-
Reset

काठमाडौं । फागुनको १४ गतेबाट रिलिजमा आउन लागेको सिनेमा ‘मायावी’ गीतसंगीत र आक्रामक प्रचारका कारण चर्चामा छ । सिनेमाको दुई वटा गीत यसअघि सार्वजनिक भइसकेका छन् । अब, यसको निर्माणपक्षले सिनेमामा समावेश नयाँ गीत ‘सितारा जडेको’ सार्वजनिक गरेको छ ।

यो गीतमा दिक्षित पौडेल र समिरा थपलियाको स्वर, शम्भुजित बास्कोटाको संगीत, दयाराम पाण्डे र दिवाकर भट्टराइको शब्द छ । दिवाकर भट्टराइले नै कोरियोग्राफी गरेको यो गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु नायक पल शाह, नायिका दीपिका प्रसाँई, नव–नायक समिम खान, कलाकारहरु प्रशान्त ताम्राकार, सुशिल सिटौला, करिश्मा श्रेष्ठ लगायतलाई देख्न सकिन्छ । गीतले बिहेको बिदाइको पललाई भावुकताका साथ बर्णन गरेको छ ।

यो सिनेमामा राजु विक्रम थापाको डीओपी, मिलन श्रेष्ठको सम्पादन छ । दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो सिनेमामा लक्ष्मी गिरी, अंशु महर्जन, रवि डंगोल, रमा प्रसाँई, दीपेन्द्र सिम्खडा, संगीता सिलवाल लगायतका कलाकारहरुको पनि अभिनय छ । ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानी रहेको सिनेमामा मञ्जु भण्डारी, राजु पराजुली र सुमिन ओली सह–निर्माताको रुपमा छन् ।

प्रविण भट्टराई र करण सिंह कार्यकारी निर्माता रहेको यो सिनेमामा नेम महर्जनको पनि लगानी छ । सिनेमाको यो गीतले कथावस्तुको बारेमा केही गहनता बोलेको छ । सिनेमामा पल र दीपिकाको सम्बन्ध के, उनको भावुकताको कारण के हो भन्ने कौतुहलता दर्शकमा पैदा हुने देखिन्छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link