Home Main Highlight News लाज शरणम्को प्रोमोसनमा बालेनको देशप्रेम बोकेको र्याप

लाज शरणम्को प्रोमोसनमा बालेनको देशप्रेम बोकेको र्याप

by Parda Sansar
A+A-
Reset

झापा । काठमाण्डौँ महानगरपालिकाका मेयर बालेन साहले लाज शरणम फिल्मका लागि बनाएको प्रोमोश्नलर् याप गीतले राम्रो चर्चा बटुलेको छ ।
बालेनकै युट्युब च्यानलबाट रिलिज भएको गीतको कोरस लाइन ‘म नेपाल हाँसेको हेर्न चाहन्छु’ टिकटकदेखि फेसबुक रिल्सतिर समेत भाइरल भइरहेको छ ।

रिलिज भएको एक घण्टामै बालेनले आफ्नो सामाजिक सञ्जालमार्फत गीत शेयर गरेपछि यसको भ्यूजमा उल्लेखनीय उछाल आएको थियो । बालेन क्रेजको कारण यो गीत अहिले युट्युबको ट्रेन्डिङमा रहेको छ । यो गीत नेपाल बाहेक अस्ट्रेलियामा, युएई, कतार , माल्टामा र कुवेत गरी अन्य पाँच देशको युट्युब ट्रेन्डिङमा पनि देखिएको छ ।

गीतमा नेपालप्रतिको माया र नेतृत्वबाट हुने गरेको कमजोरीलाई समेटिएको छ । फागुन १४ गतेदेखि प्रदर्शनमा आउन लागेको लाज शरणमको यो दोस्रो प्रोमोसनल गीत हो । गीतले २४ घण्टामै १ मिलियन भ्युज पाइसकेकाे छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link