Home Main Highlight News ‘दु:खी आत्मा’लाई पिजी सर्टिफिकेट

‘दु:खी आत्मा’लाई पिजी सर्टिफिकेट

by Parda Sansar
A+A-
Reset

काठमाडौं । टिजर सार्वजनिक भएसँगै चर्चामा रहेको फिल्म ‘दु:खी आत्मा’लाई चलचित्र जाँचपास समितिले ‘पिजी’ सर्टिफिकेट दिएको छ ।

यो फिल्मको टिजर र ट्रेलर सार्वजनिक भएपछि यो फिल्म एडल्ट कमेडी जनराको फिल्म हो कि भन्ने अड्कल गरिएको छ । यसमा सेन्सरले के गर्छ, दृश्य काँटछाँट गर्छ कि गर्दैन भन्ने धेरैलाई कौतुहलता थियो । फिल्मका निर्देशक दीपेन्द्र लामाका अनुसार, यो फिल्मको कुनै पनि दृश्यमा सेन्सर काँटछाँट गरेन । तर, सेन्सरका सदस्यहरुबाट फिल्मको कथावस्तु र प्रस्तुतिको मुक्तकण्ठले प्रशंसा गरिएको निर्माण पक्षले बताएको छ ।

अब यो फिल्म हेर्नका लागि १६ वर्ष तलका बालबालिकाले बाबु-आमाको साथ लिनुपर्नेछ । निर्देशक लामाले भने, ‘हाम्रो फिल्मको कथावस्तु नयाँ छ । बजारमा विभिन्न अड्कलबाजी गरिएतापनि यो फ्यामिली फिल्म हो । यसैले हरेक वर्गका दर्शकले ढुक्कसँग फिल्म हेर्न सक्नुहुनेछ ।’
दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, वुद्दि तामाङ लगायतको अभिनय छ ।

माल कडरिया निर्माता रहेको फिल्मका कार्यकारी निर्माता सुदिप ढकाल हुन् । फिल्ममा आलोक शुक्लाको छायांकन छ ।
फागुनको २ गते प्रेम दिवसको अवसर पारेर यो फिल्म रिलिजमा आउँदैछ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link