Home Main Highlight News ‘मायावी’ प्रचारमा आक्रामक

‘मायावी’ प्रचारमा आक्रामक

by Parda Sansar
A+A-
Reset

महाशिवरात्रिको अवसरमा फागुन १४ गते बुधबारदेखि प्रदर्शनमा आउने सिनेमा ‘मायावी’को प्रचार प्रसारमा यसको निर्माणपक्ष आक्रामक देखिएको छ । देशका विभिन्न १२ शहरमा सिनेमाका ‘अटो रिक्सामा माइकिङ’ गर्दै प्रचार आरम्भ गरिएको कार्यकारी निर्माता करण सिंहले जानकारी दिए । उनका अनुसार सिनेमाको प्रचार पूर्वदेखि पश्चिमका मुख्य शहरहरुमा भइरहेको छ ।

पूर्वी नेपालका मुख्य शहर धरान, इटहरी, विराटनगर, दमक र विर्तामोडमा माइकिङ पब्लिसिटी सुरु गरिएको हो । सिनेमा क्षेत्रमा समेत डिजिटल प्रविधीले छोएपछि माइकिङ प्रचार हराउँदै गएको थियो । तर, दर्शकलाई सिनेमाको बारेमा प्रत्यक्ष जानकारी दिनका लागि यस्तो प्रचार शैली प्रभावकारी मानिन्छ ।

यस्तै, चितवनदेखि बुटवल, पोखरा, दाङ, नेपालगञ्ज, भैरहवा, धनगढी लगायतका शहरमा पनि माइकिङ प्रचार शैली अपनाइएको छ । यसैबिच, यो सिनेमालाई केन्द्रीय चलचित्र जाँच पास समितीले ‘यूनिभर्सल’ सर्टिफिकेट दिएको छ । अब यो सिनेमालाई हरेक वर्गका दर्शकले सजिलै हेर्न पाउनेछन् ।

सिनेमामा दिवाकर भट्टराइको लेखन तथा निर्देशन छ । सिनेमाको ट्रेलरले दर्शकको मन जितिसकेको छ । लभ स्टोरी कथामा बनेको सिनेमामा पल शाह, दीपिका प्रसाईं, प्रशान्त ताम्राकार, सुशिल सिटौला, करिश्मा श्रेष्ठ र डेव्यु अभिनेता समीम खानको मुख्य भूमिका छ । क्रियटिभ सिने आर्टस् प्रालिको ब्यानरमा नेम महर्जनको लगानी रहेको ‘मायावी’मा राज कटुवाल, ध्रुव न्यौपाने र चन्द्र पन्त निर्मातामा छन् ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link