Home ठूलो पर्दा फेरि रेशम फिलिलीको बुकिङ खुला

फेरि रेशम फिलिलीको बुकिङ खुला

by Parda Sansar
A+A-
Reset

फागुन १४ गते, महाशिवरात्रिको अवसरमा प्रदर्शन हुन लागेको सुपरहिट फिल्म ‘रेशम फिलिली’ को दोस्रो श्रृंखला ‘फेरि रेशम फिलिली’ को बुकिङ खुलेको छ।

फिल्मले देशभर ८६ शो प्राप्त गरिसकेको छ। अन्य दुई फिल्मसँगै रिलिज भइरहेको सन्दर्भमा यो संख्या उत्साहजनक मान्न सकिन्छ। यसका लागि फिल्मको ट्रेलर र गीतहरूको लोकप्रियताले ठुलो भूमिका खेलेको छ।

प्राप्त ८६ शो मध्ये फिल्मले काठमाडौं उपत्यकामा ४६ शो र बाहिर ४० शो पाएको छ। यो संख्या खल्ती मोबाइल एपमा देखिएको तथ्यांक हो। २०७२ सालमा पहिलो पटक प्रदर्शन भएको ‘रेशम फिलिली’ ले आफ्नो ओपनिङ कलेक्सनमा कीर्तिमान कायम गरेको थियो। तर, भोलिपल्ट आएको विनाशकारी भूकम्पका कारण प्रदर्शन स्थगित भएर केही समयपछि पुनः रिलिज गरिएको थियो।

करिब ९ वर्षपछि सिक्वेल आउने भएकाले दर्शकमाझ कौतुहलता बढेको छ। यो पटक फिल्मले मुख्य पात्र रेशमले अमेरिकाको भिसा पाएपछि उत्पन्न परिस्थितिको कथा प्रस्तुत गरेको छ।

फिल्ममा विनय श्रेष्ठ, सुपुष्प भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्देल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, सजन थापा लगायतका कलाकारहरूको अभिनय रहेको छ।

फिल्ममा सुसन प्रजापती को छायांकन, निरोज महर्जन र आकाश बराल को पटकथा, नरेश किङ्ग योगी को द्वन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्मा को संगीत रहेको छ। फिल्मको सम्पादन सुरेन्द्र पौडेल ले गरेका छन्।

सिनेमा आर्ट र वि मोसन पिक्चर्स को सहकार्यमा निर्माण भएको फिल्मका निर्माता रौनक विक्रम कडेल हुन् भने कार्यकारी निर्माता सुरज बम ठकुरी तथा सह(निर्मातामा एनि थापा रहेका छन्।

फिल्मको निर्देशन निरोज महर्जनले गरेका हुन्, जसले कथासमेत लेखेका छन्। फिल्म गोविन्द शाहीको काफिया फिल्म्स र कुवेर सिने डिस्ट्रीब्युसन ले वितरण गर्दै छन्।

 

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link