झापा । चलचित्र ‘पूर्ण बहादुरको सारंगी’का निर्माताले नयाँ चलचित्र ‘अभिमन्यु’ निर्माण गर्ने भएका छन् । आइतबार एक थिम पोष्टर सार्वजनिक गर्दै सेभेन सिज सिनेमाले चलचित्र साउन २४ गते वर्ल्डवाइड प्रदर्शन हुने घोषणा समेत गरेको छ ।
थिम पोस्टरको ब्याकग्राउन्डमा देख्न सकिन्छ, चक्रब्युह अनि उडिरहेको पैसा । यसबाट अहिले पैसाको चक्रब्युहमा अभिमन्युहरु कसरी फँसिरहेका छन् भन्ने कुरालाई फिल्मले प्रस्तुत गर्ने अनुमान गर्न सकिन्छ । पोस्टमा देखिन्छ, यो फिल्म नेपाली र हिन्दी दुवै भाषामा रिलिज हुनेछ ।
यो चलचित्रको निर्देशन सुशान्त गौतमले गर्ने छन् । निर्मातामा विनोद पौडेल, गुन्जन गिरी, त्यस्तै सहनिर्मातामा रमेश चौलागाई, हरि श्रेष्ठ रहेका छन् । मुकेश खनालको कथा रहने चलचित्रको क्रिएटिभ डाइरेक्टरमा मदन थापा रहने भएका छन् ।
चलचित्रमा कलाकार को-को रहने भन्ने चाहिँ फाइनल भइ नसकेको निर्माण टिमले जनाएको छ ।