Home Main Highlight News ‘पिताम्बर’को गीत ‘लास्ट च्वाँक छे यार’मा सुरक्षा र सौगातको रोमान्स (भिडियाेसहित)

‘पिताम्बर’को गीत ‘लास्ट च्वाँक छे यार’मा सुरक्षा र सौगातको रोमान्स (भिडियाेसहित)

by Parda Sansar
A+A-
Reset

काठमाडौं । चैत २९ बाट रिलिज हुन लागेको चलचित्र ‘पिताम्बर’को नयाँ गीत सार्वजनिक भएको छ । ‘लास्ट च्वाँक छे यार’ बोलको गीतमा सुरक्षा पन्त र सौगात मल्लको जोडी फिचर्ड देख्न सकिन्छ ।

बाबुल गिरीको स्वर र सङ्गीत रहेको यो गीतमा यस चलचित्रकी निर्देशक कृषा चौलागाईंका शब्द रहेको छ । तराईको रमणीय परिवेशमा छायाङ्कन गरिएको गीतमा सौगात र सुरक्षाको रोमान्सलाई देख्न सकिन्छ । आइतबार सार्वजनिक गरिएको यो गीतको भिडियोमा कविराज गहतराजको नृत्य निर्देशन रहेको छ ।

‘पिताम्बर’मा सौगात र सुरक्षासहित प्रदीप खड्का, दयाहाङ राई, अनुपविक्रम शाही, दिव्या रायमाझी, सुपुष्पा भट्ट, दिव्य देव, गौरी मल्ल, रवीन्द्र झा, प्रमोद अग्रहरी लगायतका चर्चित कलाकारहरूको प्रमुख अभिनय रहेको छ ।

केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को ब्यानरमा निर्माण भएको यो फिल्म विशाल चौलागाईंले निर्माण गरेका हुन् । पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं यस चलचित्रका सह निर्माता हुन् । यसको पटकथा तथा संवाद प्रदीप भारद्वाज र अभिमन्यु निरवीले लेखेका हुन् भने पुरुषोत्तम प्रधानले छायाङ्कन गरेका हुन् । यसमा बन्दे प्रसादको सम्पादन, काला चरनको पार्श्व सङ्गीत र हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ । यसको नेपाल वितरण आरआर फिल्म्सले गर्नेछ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link