काठमाडौं । नयाँ वर्षको छेको पारेर यही चैत २९ गते शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘कर्मा’को प्रमोसनल टाइटल गीत ‘कर्मा’ सार्वजनिक भएको छ । गीतमा शब्द तथा संगीत दुर्गेश थापाको छ ।
गीतमा एरेन्ज पनि दुर्गेशले नै गरेका हुन् । ब्याकग्राउण्ड भोकल आरसी रिमाल र भूषण खतिवडाको छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार विपिन कार्की, मुकुन भुसाल, उपासना सिंह ठकुरीलगायत रहनुभएको छ । गीतमा दुर्गेश थापाको अपेरियन्स नै बढी रहेको छ । राम्रोको लागि राम्रो, खराबका लागि खराब भन्ने गीतको थिम रहेको छ ।
सौरभ चौधरीको कथा र निर्देशन रहेको चलचित्रमा विपिन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, सरिता गिरी, दिव्यदेव, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालगायतको अभिनय छ । यस चलचित्रमा विपिन कार्कीको एक्सन अवतार देख्न पाइनेछ ।