Home Main Highlight News ‘अच्छा लेकिन’ ट्रेन्डिङमा

‘अच्छा लेकिन’ ट्रेन्डिङमा

by Parda Sansar
A+A-
Reset

काठमाडौं । यही जेठ ९ गतेदेखि प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘नरसिंहा: अवतार’को गीत ‘अच्छा लेकिन लन्डनको चिसोले समाउला’ अहिले युट्युब ट्रेडिन्ङमा रहेको छ ।

पुरानो फिल्म ‘दैव संजोग’मा समावेश गरिएको यो गीतलाई रिक्रिएट गरेर फिल्म ‘नरसिंह अवतार’मा राखिएको छ । शम्भुजीत बासकोटाको संगीत तथा स्वर रहेको यो गीतमा अहिले गायिका रचना रिमालले स्वर दिएकी छिन् । उनको स्वरले अझै बढी प्रशंसा पाइरहेको छ । पुरानो गीतमा भने गायिका देविका बन्दनाको स्वर रहेको थियो ।

दिवाकर भट्टराईको निर्देशनमा तयार भएको फिल्म नरसिंह अवतारको यो गीतलाई म्युजिक नेपालले बजारमा ल्याएको हो ।

गीतमा अभिनेता राजेश हमाल, राज कटुवाल, सरोज खनाल, नीति शाह, सनिषा भट्टराई, उषा खड्गी आदि कलाकारलाई देख्न सकिन्छ । फिल्ममा कविराज गहतराजको कोरियोग्राफी पनि निक्कै राम्रो रहेको छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link