Home Main Highlight News आजदेखि सिनेमा हलमा ‘झिल्को’

आजदेखि सिनेमा हलमा ‘झिल्को’

by Parda Sansar
A+A-
Reset

काठमाडौं । आजदेखि देशभरका सिनेमा हलमा नयाँ नेपाली फिल्म ‘झल्को’ प्रदर्शनमा आएको छ । फ्राइडे रिलिज
अन्तर्गत आजदेखि यो फिल्म सोलो प्रदर्शनमा आएको हो । यादवकुमार भट्टराईको निर्देशन रहेको यो फिल्मको बिहीवार काठमाडौंमा प्रीमियर गरिएको थियो । यो फिल्मले प्रीमियरमा दर्शकको उत्कृष्ट प्रतिक्रिया बटुल्न सफल भएका थियो ।

‘झिल्को’ डिजिटल युगमा प्रविधिको अनियन्त्रित प्रयोगले बालबालिकाको जीवन, पारिवारिक सम्बन्ध र सामाजिक स्वास्थ्यमा पार्ने गम्भीर असरको कथामा बनेको फिल्म हो । याे फिल्मले स्मार्टफोनको लतले निम्त्याउने पारिवारिक विखण्डन, अभिभावकको बेवास्ता र अभिभावक-सन्तानबीच बढ्दो दूरी जस्ता समस्यामाथि केन्द्रित कथा प्रस्तुत गरेको छ ।

यो फिल्ममा बाल कलाकार आयुषी ढकालले स्मार्टफोनको कुलतमा फसेकी बालिकाको भूमिकामा प्रभावकारी अभिनय गरेकी छिन् । उनको साथमा सुनिल पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा लगायतले अभिनय गरेका छन् ।

निर्देशक भट्टराईले यसअघि ‘झोला’ जस्तो ऐतिहासिक र सामाजिक सन्देशमूलक चलचित्र निर्देशन गरेका थिए । भट्टराईले बालबालिका, अभिभावक, शिक्षक र नीति निर्माताबीच समन्वयको आवश्यकता दर्साउन यो कथा चुनेको बताएका छन् ।

मिडिया फर कल्चर प्रालिको व्यानरमा निर्माण गरिएको फिल्मको छायांकन दीपक बज्राचार्य, सम्पादन निमेष श्रेष्ठ, कलर तथा साउण्ड मिक्सिङ श्याम कुँवर र साउण्ड डिजाइन उत्तम न्यौपानेले गरेका छन् । यो फिल्म जनता टिभीको सहकार्यमा निर्माण गरिएको हो ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link