Home Main Highlight News झापामा ३०० विद्यार्थीलाई एकसाथ देखाइयो मोबाइल एडिक्सनबारे बनेको चलचित्र ‘झिल्को’

झापामा ३०० विद्यार्थीलाई एकसाथ देखाइयो मोबाइल एडिक्सनबारे बनेको चलचित्र ‘झिल्को’

by Parda Sansar
A+A-
Reset

झापा । समाजसेवी चण्डीप्रसाद अधिकारीले बुधबार ३०० जना विद्यार्थीलाई भद्रपुरस्थित कृष्णराज कम्प्लेक्समा चलचित्र ‘झिल्को’ देखाउनु भएको छ । भद्रपुरमा रहेका एमरेल्ड एकाडेमी, नेसनल मेरिगोल्ड स्कुल, विभूति विद्या मन्दिर, प्रज्ञा एकाडेमी, सिद्धार्थ शिक्षा सदन लगायत विद्यालयका विद्यार्थीलाई उहाँले मोबाइल एडिक्सनको विषयवस्तुमा बनेको चलचित्र ‘झिल्को’ देखाउनुभएको हो ।

अधिक मोबाइल प्रयोग र यसबाट बालबालिकामा परिरहेको असरलाई यो चलचित्रले समेटेको छ । बालबालिकालाई मोबाइल होइन समय दिनुपर्छ भन्ने उद्देश्य प्रेरित चलचित्र ‘झिल्को’ले मोबाइल एडिक्सनबाट जोगाउन बालबालिकामा सकारात्मक प्रभाव पार्ने कुरा सुनेपछि उहाँले विद्यालयहरुसँग समन्वय गरी यो चलचित्र देखाउनु भएको हो । उहाँ गोर्खा डिपार्टमेन्ट स्टोर चन्द्रगढी र सुरुङ्गाको सञ्चालक हुनुहुन्छ ।

‘मेरो चार वर्षको नानीले यो फिल्म हेरिसकेपछि मोबाइल हेर्न नहुने रहेछ भनेर बुझेको छ’, चलचित्र हेर्न गएका अभिभावक पशुपति खतिवडाले भन्नुभयाे, ‘यो फिल्म एकदमै समय सान्दर्भिक छ, मोबाइलले परिवार समाजमा कस्तो असर र्पुयाइरहेको छ भन्ने बारेमा निक्कै मजाले बुझाइएको छ ।’ यो चलचित्र शिक्षक, विद्यार्थी र अभिभावक सबैले क्याम्पेनिङ गरेरै हेर्नु पर्ने उहाँले बताउनुभयाे ।

यादव भट्टराई निर्देशित चलचित्र ‘झिल्को’मा मोबाइल धेरै प्रयोग गर्दा लाग्ने मानसिक रोग ‘नोमोफोबिया’ र यसले निम्त्याउने समस्याहरु देखाइएको छ । डिजिटल कुलतले बालबालिकामा पारेको प्रभाव र पारिवारिक विखण्डनको अवस्थाबारे चलचित्रले उठाएको विषयवस्तु सबैका लागि सिकाइको माध्यम हुन सक्ने दर्शकहरुको प्रतिक्रिया रहेको छ ।

चलचित्रको मुख्य भूमिकामा बाल कलाकार आयुषी ढकाल रहेकी छन् भने फिल्ममा सुनिल पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जान्वी बस्नेत, जेनीश श्रेष्ठ र जेभीश श्रेष्ठ लगायतको अभिनय रहेको छ ।

यसअघि ‘झोला’ निर्देशन गरेका भट्टराईद्वारा निर्देशित यस फिल्मको पटकथा भट्टराईसहित अरुणदेव जोशी र देव व्रतको तयार पार्नुभएकाे हाे । फिल्मका कार्यकारी निर्माता उमेश पौडेल हुन् भने निर्माता सुशीला आचार्य, रामगोपाल थापा र किरण कुमार आचार्य रहेका छन् । चलचित्र यही वैशाख १९ गतेबाट हलहरुमा प्रदर्शनमा आएको हो ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link