Home समाचार छोरी नाइराको जन्मोत्सवमा बालग्राम र कर्मयोग भवनलाई आर्थिक सहयोग

छोरी नाइराको जन्मोत्सवमा बालग्राम र कर्मयोग भवनलाई आर्थिक सहयोग

by Parda Sansar
A+A-
Reset

युवा व्यवसायी पूर्वेली ढुवानी सेवा प्रा.लिका सञ्चालक निर्मल राज खत्रीले छोरी नाइरा खत्रीको जन्मदिनको अवसरमा दुई वटा सामाजिक संस्थामा रकम सहयोग गर्नु भएको छ ।

उहाँले शनिबार एक संक्षिप्त कार्यक्रमका बिच बिर्तामोड नगरपालिका वडा नम्बर ४ स्थित झारीमा रहेको तारा नमस्ते बालग्राम र मेघबारीमा रहेको सिद्दीविनायक कर्मयोग भवन निर्माणको लागि रकम सहयोग गर्नु भएको हो ।

खत्रीले बालग्राम सञ्चालक समितिका उपाध्यक्ष याम बिमलीलाई ५१ हजार रुपैयाँको चेक हस्तान्तरण गर्नु भयो । यस्तै कर्मयोग भवनको लागि निर्मलका बुबा छत्रबहादुर खत्रीको हातबाट संस्थाका प्रतिनिधि पत्रकार पुष्प खड्कालाई १५ हजार रुपैयाँको चेक हस्तान्तरण गर्नु भयो ।

व्यवसायी खत्रीले छोरीको जन्मोत्सवको अवसर पारेर सामाजिक क्षेत्रमा योगदान गर्नुभएको हो । उहाँले आफ्नो जन्मदिनको अवसरमा पनि बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको व्यावसायिक सदस्य राहतकोषमा ५१ हजार रुपैयाँ सहयोग गर्नु भएको थियो ।

बालग्राममा आयोजित रकम सहयोग हस्तान्तरण कार्यक्रममा व्यवसायी खत्रीकी जीवन संगिनी रेनुका लिम्बु (खत्री), सासुआमा दिलकुमारी लिम्बु, व्यवसायी हरिकेशर बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link