Home Main Highlight News ‘जहाजैमा’ को थिम पोस्टर सार्वजनिक, कृषाले निर्देशन गर्ने

‘जहाजैमा’ को थिम पोस्टर सार्वजनिक, कृषाले निर्देशन गर्ने

by Parda Sansar
A+A-
Reset

काठमाडौँ । निर्देशक कृषा चौलागाईंको निर्देशनमा तयार हुन लागेको फिल्म ‘जहाजैमा’को थिम पोस्टर सार्वजनिक गरिएको छ । केही दिन अगाडि कृषाले जापानमा पुगेर यूएनए प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको फिल्म साइन गरेकी थिइन् ।

पोस्टरमा एक जना पुरुष जहाज चढ्नका लागि विमानस्थलमा लगेज बोकेर जाँदै गरेको देखाइएको छ । फिल्मले जापान जाने सपना बोकेका युवाहरुको कथा बोल्ने जनाइएको छ । उज्ज्वल गुरागाँइको निर्माणमा तयार हुन लागेको यो फिल्मका कलाकारहरुको लाइनअप भने सार्वजनिक गरिएको छैन । फिल्मलाई पुरुषोत्तम प्रधानले छायांकन गर्ने पक्का भइसकेको छ ।

सन् २०२६ मा रिलिज गर्ने उद्देश्य राखिएको यो फिल्मलाई भदौबाट छायांकन गरिनेछ । फिल्मको छायांकन नेपाल, जापान र फिलिपिन्समा हुने पक्का भइसकेको छ । फिल्म ‘पिताम्बर’ले चर्चा पाएपछि कृषा २ वटा प्रोजेक्टमा लागिपरेकी छिन् । उनले ‘जहाजैमा’पछि ‘पिताम्बर २’ बनाउने घोषणा गरिसकेकी छिन् ।

जापानमा फिल्म वितरण गर्दै आएको यूएनए इन्टरटेन्मेन्टले अब यूएनए प्रोडक्सनको व्यानरमा यो फिल्म निर्माण गर्न लागेको हो । फिल्ममा नेपाल र जापानका कलाकारहरुको अभिनय रहनेछ । एक महिनासम्म फिल्मको छायांकन जापानमा नै हुने बताइएको छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link