Home Main Highlight News चलचित्र विकास बोर्डले सर्वाधिक सफल २५ नेपाली फिल्मलाई सम्मान गर्ने

चलचित्र विकास बोर्डले सर्वाधिक सफल २५ नेपाली फिल्मलाई सम्मान गर्ने

by Parda Sansar
A+A-
Reset

काठमाडौं । चलचित्र विकास बोर्डले स्थापनाको २५ औँ वार्षिकोत्सवको अवसरमा विगत २५ वर्षमा सर्वाधिक कमाइ गर्ने २५ वटा नेपाली फिल्मलाई सम्मान गर्ने घोषणा गरेको छ । बोर्डले आइतबार जारी गरेको विज्ञप्तिअनुसार वि.सं. २०५७ असार १६ गतेदेखि २०८२ साल जेठ मसान्तसम्म प्रदर्शनमा आएका चलचित्रहरूमध्ये उच्च कमाइ गर्ने फिल्महरूलाई यो सम्मान प्रदान गरिनेछ ।

सम्मानका लागि न्यूनतम ५ करोड रुपैयाँभन्दा बढी कुल कमाइ गरेका फिल्मका निर्माताहरूलाई ७ दिनभित्र आवश्यक प्रमाणसहित निवेदन दिन बोर्डले आग्रह गरेको छ । विज्ञप्तिका अनुसार, यसका लागि सम्बन्धित वर्षको चलचित्र निर्माण कम्पनीको लेखा परीक्षण प्रतिवेदन र वितरकले निर्मातालाई भुक्तानी गरेको प्रमाण खुल्ने कागजात पेस गर्नुपर्नेछ ।

यी सम्मानहरू आगामी असार १६ गते आयोजना हुने बोर्ड स्थापनाको २५ औँ वार्षिकोत्सव समारोहमा प्रदान गरिनेछ । सोही समारोहमा ‘रियल टाइम बक्स अफिस’को औपचारिक सुरुवात गरिने तथा बोर्डका सम्पूर्ण सेवाहरूलाई अनलाइन माध्यममा लैजाने कार्यको पनि शुभारम्भ गरिने कार्यक्रम रहेको छ ।

हालसम्म चलचित्र विकास बोर्डको बक्स अफिस तथ्यांकअनुसार ४६ करोड रुपैयाँभन्दा बढी कमाइ गर्दै ‘पूर्णबहादुरको सारङ्गी’ सर्वाधिक कमाउने नेपाली फिल्मको अग्रस्थानमा रहेको छ ।

 

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link