162
बिर्तामोड । असार २७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को टाइटल सङ्ग सार्वजनिक भएको छ । यो गीतमा २०० जति राष्ट्रिय झण्डाको प्रयोग गरिएको छ ।
विकास चौधरीको संगीत, शंकर अधिकारी घायलको शब्द र कमल रसाइलीको गायन रहेको यस गीतको निर्देशन कविराज गहतराजले गरेका हुन् । गीतमा फिल्मका मुख्य कलाकारहरु विजय बराल, रोशन श्रेष्ठ, विल्सनविक्रम राई, आयुशा समाल, बुद्धि तामाङ, मित्र प्रधानको अभिनय देख्न सकिन्छ ।
पद्मा इश्वर इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा बनेको फिल्मको निर्देशन मित्र प्रधान गरेका हुन् । निर्माताको रुपमा ज्ञानबहादुर प्रधान (रोशन) रहेका छन् । फिल्मले विदेशी भूमिमा नेपाली भाषा, संस्कृतिको अवस्था र त्यसको संरक्षणमा जुटेको युवाहरुको कथा प्रस्तुत गर्ने बताइएको छ ।