Home समाचार डिबी र सुनिताको रोमान्टिक गीत ‘म त गाउँले ठिटो’ सार्वजनिक

डिबी र सुनिताको रोमान्टिक गीत ‘म त गाउँले ठिटो’ सार्वजनिक

by Parda Sansar
A+A-
Reset

काठमाडौँ । गीतकार, गायक तथा सङ्गीतकार डिबी खड्का र गायिका सुनिता कार्कीको सहकार्य रहेको गीत ‘म त गाउँले ठिटो’ सार्वजनिक भएको छ । रोमान्टिक लोकलयमा तयार गीतमा शब्द गायक खड्का र होम न्यौपानेको रहेको छ ।

गायक खड्काकै सङ्गीत रहेको गीतको एरेन्ज बिकल खड्काले गरेका हुन् । मा गीतमा सङ्गीत पनि ले नै दिएका हुन् । दयपुर ताप्ली गाउँपालिका बासी गायक तथा सङ्गीतकार खड्का लामो समयदेखि गीतसंगीतमा सक्रिय छन् ।

गीतको भिडियो तामझाम सहित आकर्षक बनाइएको छ । जसमा एआरके, सादिक थापा, राजकुमार लामा बल, सुशीला खड्का, विकास ग्याबा तामाङ, नारायण के.सी, रामजी अधिकारी, तुलसी पौडेललगायतको अभिनय छ ।

भिडियोमा टंक केसी एण्ड टिमको छायांकन, रोशन पौडेलको सम्पादन, सादिक थापा र दीपक श्रेष्ठको कोरियोग्राफी छ भने निर्देशन एआरकेले गरेका हुन् । भिडियो रियासा इन्टरटेनमेन्ट युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link