बुद्धशान्ति । झापा बुद्धशान्ति ३ का प्रशान्त पोखरेल नेपालकै चर्चित गायन रियालिटी सो मेरो भोइस युनिभर्स सिजन २ को प्रतिस्पर्धाको टप ११ मा पर्न सफल भएका छन् ।
उनी उत्कृष्ट प्रस्तुतिका साथ आम दर्शकमाझ प्रिय बनेका छन् । अडिसनबाट नै चर्चामा रहेका उनी अहिले भोटिङ राउण्डमा पुगेका छन् । उनी हाल टप ११ मा रहेर प्रतिस्पर्धा गरिरहेका छन् । उनलाई अब अत्याधिक भोटको खाँचो छ । त्यसैले उनले आम देशवासीमाझ आफूलाई भोट गरिदिन अपिल गरेका छन् ।
बुद्धशान्ति गाउँपालिका निवासी पोखरेल झापाबाट एक मात्र प्रतिस्पर्धी हुन् । पहिलो चरणको भोटिङ राउण्ड सफलता पूर्वक पार गरेर दोस्रो चरणको प्रतिस्पर्धाका लागि तयारी गर्दै आएका छन् । निर्णायक मण्डलले ५० प्रतिशत र दर्शकवर्गले ५० प्रतिशत भोट गरेको अंक एकमुष्ट जोडिने भएकाले उनको परिवारले प्रशान्तलाई जिताउन भोट गरिदिन आग्रह गरेका छन् ।
उनलाई भोट गर्न भोट गर्न के गर्ने ?
प्रशान्तलाई भोट गर्न नेपालभित्र रहनुहुने दर्शकहरुले आफ्नो मोबाइलको मेसेज बक्समा गएर MVU टाइप गरेर एक स्पेस दिइ 08 लेखेर 37000 मा मेसेज गर्न सक्नुहुनेछ भने देश तथा विदेशमा रहनुभएका दर्शक श्रोताहरुले MY INTRA APP मार्फत भोट गर्न सक्नुहुनेछ।