Home Main Highlight News ‘माइती घर’ फस्टलुक पोस्टर सार्वजनिक
 

‘माइती घर’ फस्टलुक पोस्टर सार्वजनिक

by Parda Sansar
A+A-
Reset

झापा । तामाङ समुदायको संस्कृति र भावनात्मक सम्बन्धलाई समेत केन्द्रमा राखेर निर्माण गरिएको बहुप्रतीक्षित नेपाली फिल्म ‘माइतीघर’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ ।

पोस्टरमा प्रमुख कलाकारहरू धीरज मगर, उपसनासिंह ठकुरी र प्रकाश सपूतलाई प्रेमिल मुद्रामा देख्न सकिन्छ । केदार घिमिरे माग्ने बुढा भने औँलो ठड्याइरहेका छन् भने श्यामाश्री शेर्पालाई केही अन्योलताको भावमा देख्न सकिन्छ । पृष्ठभूमिमा एउटा उज्यालो घर देखिन्छ, जसले माइतीघरको संकेत गरेको छ ।

रोहित अधिकारी फिल्मस् प्रा.लि.को ब्यानरमा बनेको यो चलचित्रको निर्देशन मिलन तामाङले गरेका हुन् । फिल्ममा रविन शेरचन र धिरज तामाङले लगानी गरेका छन् भने ईश्वर श्रेष्ठ र निरज कटुलाल कार्यकारी निर्माताको रूपमा छन् ।

‘माइतीघर’मा चन्द्रकुमार दोङको कथा, रामशरण पाठकको पटकथा तथा संवाद, सुशन प्रजापतिको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन र साहिल खानको ट्रेलर सम्पादन रहेको छ । अष्ट महर्जनको एक्सन निर्देशन रहेको छ । यो फिल्ममा किरण खरेल, कुमार स्याङ्बा र राम अविरलका शब्दमा चन्द्रकुमार दोङ, एलिस कार्की, एस.डी योगी र दिवंगत जयदेवको संगीत समावेश छ ।

फिल्ममा बुद्धि तामाङ, युवराज लामा, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम र संगीता थापा जस्ता कलाकारहरूको पनि अभिनय देख्न पाइनेछ । निर्माता रोहित अधिकारीका अनुसार फिल्मको कथा, प्रस्तुति र भावना निकै सशक्त बनेको छ । प्रचारप्रसारमा कुनै कसर बाँकी नराख्ने बताउँदै उनले दर्शकको अपेक्षा पूरा गर्ने विश्वास व्यक्त गरेका छन् ।

उनले अब सार्वजनिक हुने “प्राण भन्दा प्यारो माईतीघर” गीतमा नृत्य प्रतियोगिता समेत गराउने घोषणा गरेका छन् । प्रतियोगिताको विजेतालाई ५ लाख नगद पुरस्कार दिने उनले बताएका छन् । कुनै पनि फिल्मको पब्लिसिटी कन्टेन्टमा गरिएको प्रतियोगितामा यो पुरस्कार राशि हालसम्मकै धेरै हो । ‘गाजलु’, ‘छ माया छपक्कै’ र ‘फर्की फर्की’ जस्ता सफल फिल्म निर्माण गरिसकेका रोहित अधिकारीको नयाँ प्रस्तुति ‘माइतीघर’ दशैंको फूलपाति अर्थात् असोज १३ गते रिलिज हुने तयारीमा छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link