Home Main Highlight News ‘गुन्यो चोलो’ को ट्रेलरमा पहिचानको कथा

‘गुन्यो चोलो’ को ट्रेलरमा पहिचानको कथा

by Parda Sansar
A+A-
Reset

काठमाडौँ- फिल्म ‘गुन्यु चोलो’को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा यौनिक तथा अल्पसंख्यक समुदायका मनिसले आफ्नो पहिचान खुलाउन गरेको संघर्षलाई देखाइएको छ।

फिल्ममा अभिनेता नाजिर हुसेन पारालैंगिक महिला (ट्रान्सवुमन) को भूमिकामा छन्। गुलाबी पात्रको रूपमा उनले अभिनय गरेका छन्।

जन्मिँदा पुरुष भए पनि हुर्किँदै गर्दा महिलाको पहिरन र गरगहनामा शृङ्गारिन मन पराउने छोरा (नाजिर हुसेन)ले बाबुको लाहुरे बनाउने सपना त्यागेर कसरी आफ्नो लैंगिक पहिचान खुलाउँछ भन्ने ट्रेलरमा देखाइएको छ। अभिनेता नाजिर उक्त भूमिकामा जीवन्त देखिएका छन्।

उनको आमाको भूमिकामा अभिनेत्री सञ्चिता लुईँटेल र बुबाको भूमिकामा विशाल पहारी देखिएका छन्।

समुन्द्र भट्टले निर्देशन गरेको फिल्म आगामी भदौ १३ मा प्रदर्शन हुनेछ। फिल्ममा अन्य कलाकार सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ, निशा बजगाईंलगायतको अभिनय छ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link