Home Main Highlight News ‘मैझारो’मा पूर्वी पहाडको कथा, छायांकन अन्तिम चरणमा
 

‘मैझारो’मा पूर्वी पहाडको कथा, छायांकन अन्तिम चरणमा

by Parda Sansar
A+A-
Reset

बिर्तामोड । साउनको पहिलो हप्ताबाट इलाममा छायांकन सुरु गरिएको फिल्म ‘मैझारो’को छायांकनको काम अन्तिम चरणमा पुगेको छ । विल्सन विक्रम राईको निर्देशनमा बनिरहेको चलचित्रले पूर्वी पहाडका प्राकृतिक सौन्दर्य र मानवीय सम्बन्धको आत्मीयतालाई उजागर गर्ने लक्ष्य राखेको छ ।

फिल्मको छायांकन इलामका देउमाई नगरपालिका, पानीटार, जितपुर, साँखेजुङ हुँदै पाँचथरका रमणीय स्थलहरूमा गरिएको छ । फिल्ममा कथा र पटकथा समेत निर्देशक राईकै रहेको छ । उनका अनुसार दर्शकले नेपाली मौलिक स्वाद र अनुभूति पाउनेछन् ।प्रेम कथामा आधारित यो फिल्ममा

धिरज मगर, मिरुना मगर, दिया पुन, बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभय राज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन, सुवाससिंह ठकुरी, विशाल लिम्बुलगायत कलाकारको अभिनय रहनेछ ।

‘तक्मे प्रोडक्सन’को ब्यानरमा निर्माण भइरहेको यस फिल्ममा अनमोल गुरुङ र तोरेम्पा हाङ राईको संगीत रहनेछ । राजेश पायल राई, झुमा लिम्बू, मेलिना राई, अस्मिता अधिकारी लगायतको स्वर सुन्न मैझारोमा गुञ्जिनेछ । सौरभ लामाले छायांकन गरेका फिल्मको वितरण आरआर फिल्मले गर्दैछ भने डिजिटल अधिकार ओएसआरले लिएको छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link