बिर्तामोड । भदौ १२ गतेबाट रिलिज हुने तयारीमा रहेको चलचित्र ‘कोशेढुंगा’ले देशभरका २५ शहरमा होर्डिङ बोर्ड राख्दै प्रचार प्रसारलाई तीव्र बनाएको छ ।
नेपालसहित ४२ भन्दा बढी वर्ल्डवाइड एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्रको प्रदर्शनको मिति नजिकिँदै गर्दा निर्मार्ण टिमले प्रचारप्रसारलाई तीव्रता दिएको छ ।
भर्खरै सार्वजनिक भएको चलचित्रले कविता मार्फत् केही कथाको संकेत गरेको छ । पारिवारिक परिवेश, सपना र संघर्षको कथा यसमा प्रस्तुत गरिएको छ ।
सरोज पौडेलद्वारा निर्देशित यस फिल्ममा सुरक्षा पन्त, आर्यन सिग्देल, ऋचा शर्मा, मन्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, हिउँवाला गौतम, दिनेश काफ्ले, लोकमणि सापकोटा लगायतको अभिनय रहेको छ । यस चलचित्रबाट अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइ मिल्ने अपेक्षा गरिएको छ ।