Home Main Highlight News ‘माइतीघर’को टाइटल गीतमा ५ लाख पुरस्कारको प्रतियोगिता घोषणा

‘माइतीघर’को टाइटल गीतमा ५ लाख पुरस्कारको प्रतियोगिता घोषणा

by Parda Sansar
A+A-
Reset

बिर्तामोड । चलचित्र ‘माइतीघर’ले आफ्नो टाइटल गीतमा ५ लाख पुरस्कारसहितको नृत्य प्रतियोगिता घोषणा गरेको छ । मिलन तामाङको निर्देशित यस फिल्मको प्रचारप्रसार गर्दै दर्शकमा उत्साह जगाउन यो प्रतियोगिता राखिएको निर्माण टिमले जनाएको छ ।

फिल्मका लागि सदाबहार गीत ‘यो मेरो प्राणभन्दा प्यारो’ लाई रिक्रिएट गरिएको छ । सोही गीतमा आगामी भदौ दोस्रो साताबाट नृत्य प्रतियोगिता सुरु हुने निर्माता रोहित अधिकारीले जानकारी दिएका छन् । जसको विजेताले नगद पुरस्कार ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

यो रकम कुनै पनि नेपाली फिल्मको प्रचारका लागि राखिएको प्रतियोगिताको पुरस्कार राशिमध्ये अहिलेसम्मकै उच्च हो । निर्माता रोहित अधिकारीका अनुसार यो प्रतियोगितामा देशभरबाट जोसुकैले सहभागी हुन पाउने छन् । यस प्रतियोगितामा गीतको अडियो क्लिप प्रयोग गरेर सामूहिक वा एकल नृत्यको भिडियो तयार गर्नुपर्नेछ ।

रोहित अधिकारी फिल्मस् प्रा.लि.को ब्यानरमा बनेको फिल्मले तामाङ समुदायको संस्कृति र भावनात्मक सम्बन्धका कथा बोल्ने बताइएको छ । रविन शेरचन र धिरज तामाङको लगानी रहेको यस फिल्ममा ईश्वर श्रेष्ठ र निरज कटुलाल कार्यकारी निर्माता छन् । चन्द्रकुमार दोङको कथा, रामशरण पाठकको पटकथा तथा संवाद, सुशन प्रजापतिको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन र अष्ट महर्जनको एक्सन निर्देशन फिल्मको प्राविधिक बलियो पक्ष मानिएको छ । ‘माइतीघर’ यही असोज १३ गते फूलपातीको अवसर पारेर रिलिज हुनेछ ।

यो फिल्मको गीतमा किरण खरेल, कुमार स्याङ्बा र राम अविरलका शब्दमा चन्द्रकुमार दोङ, एलिस कार्की, एस.डी. योगी र दिवंगत जयदेवको संगीत रहेको छ । फिल्ममा केदार घिमिरे ‘माग्नेबुढा’, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, बुद्धि तामाङ, युवराज लामा, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम र संगीता थापा लगायतका कलाकारको अभिनय देख्न पाइनेछ । ‘माइतीघर’ दर्शकको अपेक्षाभन्दा राम्रो बनेको निर्माता अधिकारीले विश्वास व्यक्त गरेका छन् ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link