Home Main Highlight News ‘जनै हराएको मान्छे’ हेरेर प्रिमियरमै रोए कलाकार र दर्शक

‘जनै हराएको मान्छे’ हेरेर प्रिमियरमै रोए कलाकार र दर्शक

by Parda Sansar
A+A-
Reset

काठमाडौँ । अभिनेत्री केकी अधिकारी आफ्‌नै फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ हेरेर रोएकी छन् । बुधबार आयोजित फिल्मको प्रिमियर शोपछि केकी भाव्वीहल भएकी हुन् । केकीसँगै गायिका अन्जु पन्त लगायत अन्य आगन्तुहरु पनि प्रिमियरबाट आँखाभरि आँशु पार्दै बाहिरिएका थिए ।

प्रिमियरमा अग्रज कलाकार सुनिल थापा, वरिष्ठ छायांकार गौरीशंकर धुंजु, अभिनेता जितु नेपाल, कवि तथा गीतकार विप्लव प्रतीक, कलाकार कमलमणि नेपाल, कलाकार लोकेन्द्र लेखक, नायक किरण श्रेष्ठ, स्क्रिप्ट राइटर प्रदीप भारद्धाज लगायत सिनेमा क्षेत्रका चर्चित व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

उपस्थित कलाकार तथा आगन्तुक दर्शकहरू पनि ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को कथासँग भावनात्मक रूपमा जोडिएका थिए । फिल्म हेरेपछि धेरै व्यक्ति भावुक हुँदा कतिपयले आफ्नो आँखामा आँसु थाम्न सकेनन् ।

बुवा, आमा र दाजुभाइबीचको पारिवारिक सम्बन्ध, सम्झना र जिम्मेवारीको कथा सिनेमामा देख्दा रोएको उनीहरूले प्रतिक्रिया दिएका छन् । सिनेमाले दर्शकको पनि मन छुने हेर्नेहरूको प्रतिक्रिया छ ।

बुवा र आमाले छोराछोरीका लागि गर्ने सम्झौता र बुवाआमाप्रतिको जिम्मेवारी निभाउने क्रममा छोराछोरी परिबन्धमा परेर उजाडिएको जिन्दगीको कथा हेरिरहँदा आँसु थाम्न नसकेको अधिकांशको प्रतिक्रिया छ । चलचित्रले सम्बन्धको महत्व, सपना पूरा गर्न गरिने संघर्ष र पारिवारिक मूल्यमान्यतालाई मार्मिक ढंगले प्रस्तुत गरेको देखिन्छ, जसका कारण दर्शकहरूले यसलाई भावनात्मक रूपमा बलियो चलचित्रको रूपमा लिएका छन् ।

शुक्रबारबाट रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’मा केकी अधिकारी, विजय बरालसँगै मिरुना मगर, शुशांक मैनाली, भोलाराज सापकोटा, गौरव पहाडी, रियर राई, भावना खपाङ्गी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय रहेको छ । अलटाइम ब्लकबस्टर चलचित्र ‘पूर्णबहादुरको सारंगी’पछि विजय बरालको मुख्य भूमिका रहेको यस वर्षको यो पहिलो चलचित्र हो ।

हिमाल न्यौपानेले निर्देशन गरेको यस फिल्मको असोसिएट निर्देशन मनिष राउतले गरेका हुन् । पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् । थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रशान्त सिवाकोटीको संगीत रहेको चलचित्रमा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ ।

चलचित्रको कथा, पटकथा र संवाद भानुझढकालले लेखेका हुन् । दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेको सिनेमामा तर्कराज न्यौपाने, रवीन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी सहायक निर्देशक रहेका छन् । चलचित्रका निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन् ।

रमाइलाे छ

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link