Home Main Highlight News माधव खरेल निर्देशित चिठ्ठीको ट्रेलर सार्वजनिक

माधव खरेल निर्देशित चिठ्ठीको ट्रेलर सार्वजनिक

by Parda Sansar
A+A-
Reset

काठमाडौं । माधव राज खरेलको निर्देशनमा निर्माण भएको सिनेमा चिठ्ठीको ट्रेलर सार्वजनिक भएको छ । कमेडी-हरर र सस्पेन्ससहित प्रस्तुत गरिएको सिनेमामा सामाजिक सन्देशलाई मनोरञ्जनसँगै पस्कने प्रयास गरिएको निर्माण पक्षले जनाएको छ ।

एरा प्रोडक्सनको व्यानरमा संचारकर्मी कमला जोशी निर्माता रहेको सिनेमा ‘चिट्ठी’को ट्रेलरमा कमेडी, हरर र सस्पेन्सको मिश्रण छ । यो सिनेमा आगामी भदौ २० गतेदेखि देशव्यापी प्रदर्शनमा आउने छ । सिनेमालाई कुबेर डिष्ट्रिब्युसन बितरण गर्नेछ ।

निर्देशक खरेलको लेखन रहेको सिनेमामा खड्ग बहादुर पुन (खबपु), संजीत भण्डारी, गोपाल ढकाल (छन्दे), नवराज थापा, प्रबण भुषाल, मुस्कान लामा, कञ्चन चालिसे, मोहन निरौला, शान्तिप्रिय, श्रीदेव भट्टराई, नम्रता खरेल, राजन थापा, रश्मी भट्ट, मुना निरौला, कविन्द्र त्रिपाठी, पुरुषोत्तम सानु, सोमा खत्री, प्रल्हाद खरेल, डेभिल सिंह राजपुत, समिर लामा, राजु कार्की र रज्जु गुरुङलगायत कलाकारको अभिनय छ ।

सिनेमाको शुक्रबार सार्वजनिक ट्रेलरले दर्शकमाझ उत्सुकता जगाएको छ । निर्माण पक्षको विश्वास छ ‘चिट्ठी’मा कलाकारको अभिनय, मौलिक कथा र आकर्षक प्रस्तुति रहेको छ । यसअघि पनि ‘टुटेको तारा’ र ‘सिन्दुरको रङ’ गीतहरु सार्वजनिक भईसकेका छन् ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link