Home Main Highlight News साउनमा ३३ फिल्मलाई निर्माण इजाजत, कुन-कुनले पाए ?

साउनमा ३३ फिल्मलाई निर्माण इजाजत, कुन-कुनले पाए ?

by Parda Sansar
A+A-
Reset

काठमाडौं । साउन महिनामा ३३  फिल्मले निर्माण इजाजत पाएका छन् । केही नयाँ निर्माताको प्रवेश भएको देखिन्छ भने केही पुरानै मेकर निर्माणमा फर्किएका छन् ।

असारमा १९ फिल्मले निर्माण इजाजत लिएका थिए । जेठमा ३६ र बैशाखमा १८ फिल्मले अनुमति पाएका थिए । २०८२ सालको साउनसम्म कूल १०६ फिल्मले निर्माण इजाजत पाएका छन् ।

साउनमा कुन-कुनले पाए अनुमति ?

कृषा चौलागाईंले फिल्म ‘पारस’ निर्माण गर्दैछिन् । मुस्कान ढकालले फिल्म ‘रत्यौली’ निर्माण तथा निर्देशन गर्नेछन् । रेखा थापा र महेश त्रिपाठीलाई शीर्ष भूमिकामा लिएर फिल्म बनाउन श्रद्धा प्रसाईंले ‘क का कि की’ निर्माणको अनुमति पाएकी छन् ।

पुष्प खड्का र सहारा कार्कीलाई लिएर फिरोज तिमल्सिनाले ‘कहाँ गयौ तिमी’ निर्देशन गर्दैछन् । अर्जुन घिमिरे पाँडेले निर्देशन गर्ने फिल्म ‘झरी पछिको इन्द्रेणी’ले पनि निर्माण अनुमति पाएको छ, जुन अहिले सुटिङ भैरहेको छ ।

खगेन्द्र लामिछानेको निर्माण र निर्देशन रहने फिल्म ‘जंगबहादुर’ले पनि निर्माण इजाजत पाएको छ । खगेन्द्रले अर्को फिल्म ‘जर्क’को इजाजत लिएका छन् जसलाई उनी स्वयमले निर्देशन गर्नेछन् । यो फिल्मको कलाकारमा खगेन्द्र र स्वस्तिमा खड्काको रुपमा उल्लेख छ ।

किरण नेपालीले रियर राई र स्मृति कल्मरलाई लिएर फिल्म ‘महादशा’को लागि इजाजत पाएका छन् । कविता नेपालीको फिल्म ‘३ पांग्रे’ले पनि इजाजत पाएको छ ।

सविर श्रेष्ठले आफ्नो निर्माण तथा निर्देशनमा फिल्म ‘काली कृष्णा’को इजाजत लिएका छन् । यो फिल्मको छायांकन नाम चाहिँ ‘३६ को आँकडा’ राखिएको छ । कलाकारमा रेखा थापा, पूजा शर्मा र महेश त्रिपाठीलाई चिनाइएको छ ।

संगित सापकोटाकोे निर्देशन रहने फिल्म ‘ल बबाल’ले पनि निर्माण इजाजत पाएको जसको कलाकारमा रेखा थापा र सुन्दर धितालको नाम उल्लेख छ ।निर्देशक राजु पुडासैनीले ‘बा-लेनको चस्मा’ शीर्षकमा निर्माण इजाजत पाएका छन् । मदन घिमिरेले ‘लभ इन पोखरा’को अनुमति पाएका छन् ।

नीता ढुंगानाले आफ्नो निर्माण र निर्देशन रहने फिल्म ‘पार्वती’को लागि निर्माण इजाजत लिएकी छन् । सजन काफ्लेले आफ्नो निर्माणमा फिल्म ‘जिरो डिग्री’को लागि निर्माण इजाजत पाएका छन् जसमा विजय बराल र प्रमिशा सुवेदीलाई कलाकारको रुपमा चिनाइएको छ ।

सुदीपभुपाल सिंहको निर्माण तथा निर्देशनमा फिल्म ‘सयपत्री’ बन्ने भएको छ । यो फिल्मका कलाकारमा आकांक्षा कार्की र सुरजसिंह ठकुरीलाई चिनाइएको छ । वेदबहादुर गुरुङले आफ्नो निर्माणको लागि फिल्म ‘बुकि फूल’को लागि निर्माण इजाजत लिएका छन् । यो फिल्मका कलाकारमा दयाहाङ राई र संस्कृति गुरुङ लगायत छन् ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link