Home Main Highlight News नाजिर हुसेनकाे ‘गुन्युचोलो’ आजबाट प्रदर्शनमा

नाजिर हुसेनकाे ‘गुन्युचोलो’ आजबाट प्रदर्शनमा

by Parda Sansar
A+A-
Reset

काठमाडौं । कथानक फिल्म ‘गुन्यु चोलो : द ड्रेस’ आजबाट प्रदर्शनमा आएको छ । कूल १०३ शो पाएको यो फिल्म देशब्यापी प्रदर्शनमा आएको हो । अल्पसंख्यक लैंगिक समुदायको कथा पेश गर्ने फिल्ममा शीर्ष कलाकार नाजिर हुसेनले पारालिंगी चरित्र निर्वाह गरेका छन् ।

मुलुकमा एलजीबीटीआईक्यू समुदायको कथामा फिल्म कम बनिरहेको बेला, यो फिल्म दर्शनीय हुनसक्छ । समुन्द्र भट्ट निर्देशित फिल्म सोसल ड्रामा जनरामा आधारित छ, जहाँ प्रमुख पात्रले पहिचानको लागि गर्ने संघर्ष चित्रण छ ।

नाजिरसँगै फिल्ममा सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । यो फिल्मको अन्तर्राष्ट्रिय वितरण अधिकार अमेरिकाको बफेलो एट्लेले किनेको छ ।

सबै पोस्ट-प्रोडक्सनको काम बाहिर गरिएको छ । फिल्मको एडिट, कलर, मिक्सिङ, साउन्ड डिजाइनदेखि ब्याकग्राउन्ड म्युजिकसम्मको काम अमेरिकामा गरिएको छ ।

फिल्ममा हलिउडकी कलाकार लिजा जेरार्डले स्वर दिएकी छिन् भने ब्याकग्राउन्ड म्युजिकको सम्पूर्ण काम मार्सेलो दी फ्रान्सिसीले गरेका छन् । हलिउड चलचित्र ‘ग्ल्याडिएटर- २’ मा लिजाले स्वर दिएकी थिइन् । फिल्मको रनटाइम १२७ मिनेट छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link