Home ठूलो पर्दा ‘यो मन त मेरो नेपाली हो’ को खुशी साट्दै ‘स्वाहाः’ घोषणा

‘यो मन त मेरो नेपाली हो’ को खुशी साट्दै ‘स्वाहाः’ घोषणा

by Parda Sansar
A+A-
Reset

झापा । गत असार २७ बाट प्रदर्शनमा आएको चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को टिमले प्रदर्शनको ५१ औँ दिन मनाएको छ। बालाजु स्थित अष्टनारायण हलमा प्रदर्शनको ५१ औँ दिन मनाएको हो ।

चलचित्रको निर्माण टिमले अष्टनारायण हलमा केक काटेर ५१ औँ दिनको सेलीब्रेशन गरेको थियो । सो कार्यक्रममा कलाकारसंघका अध्यक्ष मोहन निरौला ,राजकुमार राई, रविन्द्र खड्का लगाएत फिल्मकर्मीहरु सहभागी थिए । फिल्मको टिम तथा संचारकर्मीहरुलाई मायाको चिनो प्रदान गरेको थियो ।

यो मन त मेरे नेपाली हो फिल्ममा विजय बराल, रोशन श्रेष्ठ, विल्सन विक्रम राई, आयुषा समाल तथा बुद्धि तामाङको प्रमुख भूमिका छ । पद्यमा ईश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा ,चलचित्रका निर्माता ज्ञानबहादुर प्रधान रोशन हुन् । मित्र प्रधान को कथा तथा निर्देशन रहेको चलचित्रको पटकथा तथा संवाद शिवम अधिकारीले लेखेका हुन् ।यो मन त मेरे नेपाली हो यति बेला अमेरिकाको बिभिन्न सहरमा प्रदर्शन भईरहेको छ ।

यस्तै ‘यो मन त मेरो नेपाली हो’ टिमले नया चलचित्र ‘स्वाह:’ निर्माणको घोषणा गरेको छ । चलचित्रको एक पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा गरिएको हो ।

चलचित्र स्वाह:लाई मित्र प्रधानले निर्माण तथा निर्देशन गर्नेछन् । शिवम अधिकारी पटकथा तथा संवाद रहने यस चलचित्रमा रोशन श्रेष्ठ मुख्य भूमिकामा देखिदै छन् भने अन्य कलाकारहरु छिट्टै सार्वजनिक गरिने निर्माण टिमले जानकारी गराएको छ । हिमाली भेगको कथामा निर्माण गरिने चलचित्र स्वाह: करिब ४ करोडको लगानीमा निर्माण हुन् लागेको हो ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link