Home समाचार ५ करोड ४२ लाख कलेक्सन गर्दै ‘मोहर’ बन्यो सुपरहिट

५ करोड ४२ लाख कलेक्सन गर्दै ‘मोहर’ बन्यो सुपरहिट

by Parda Sansar
A+A-
Reset

बिर्तामोड । यस वर्षको प्रदर्शनमा आएका करिब दुई दर्जन नेपाली चलचित्रमध्ये ‘ऊनको स्वीटर’ पछि अब ‘मोहर’ यो वर्षको दोस्रो हिट चलचित्र बन्न सफल भएको छ ।

‘मोहर’ चलचित्रको निर्माण लागत प्रचारप्रसारसहित १ करोड ८६ लाख रुपैयाँ रहेको बताइएको थियो । लगानी उठाउन फिल्मले कम्तीमा ४ करोड कमाउनैपर्ने अवस्था थियो । वितरकको दाबी अनुसार, चलचित्रले प्रदर्शनको चौथो सातासम्म ५ करोड ४२ लाख रुपैयाँको कुल कमाइ गरेर लगानी सुरक्षित गर्नुका साथै राम्रो नाफा पनि कमाएको छ ।

चलचित्रले चौथो हप्तामा पनि दर्शकको राम्रो उपस्थिति पाएको थियो । यसको कथावस्तु, कलाकारको अभिनय र प्रस्तुतिलाई दर्शकले निकै मन पराएका छन् । देशभर अझै १५ देखि २० वटा शोहरू चलिरहेकोले यो चलचित्रले ५१ दिन मनाउने सम्भावना प्रबल छ ।

यो सफलतालाई अभिनेता पल शाहले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेका छन् । उनले ‘मोहर’लाई माया गर्ने दर्शकहरूप्रति आभार प्रकट गर्दै यो सफलता दर्शककै कारण सम्भव भएको उल्लेख गरेका छन् ।

‘मोहर’ को सफलताले अभिनेता पल शाह र अभिनेत्री नीति शाहको करियरमा ठुलो राहत दिएको छ । नीतिका लागि त यो पहिलो हिट चलचित्र हो । चलचित्रमा बेनिशा हमाल, अर्जुनजङ्ग शाही, मिथिला शर्मा, लक्ष्मी गिरी लगायतको अभिनय रहेको छ । ओम प्रतिकको निर्देशनमा बनेको यस फिल्मको निर्माता चुम्बन जंग शाही रहेका छन् ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link