Home ठूलो पर्दा कृषाको जन्मदिनमा नयाँ सिनेमा ‘पारस’को निर्माण घोषणा

कृषाको जन्मदिनमा नयाँ सिनेमा ‘पारस’को निर्माण घोषणा

by Parda Sansar
A+A-
Reset

बिर्तामोड । निर्देशक कृषा चौलागाईले आफ्नो जन्मदिनको अवसर पारेर नयाँ सिनेमा ‘पारस’को निर्माण घोषणा गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच यो सिनेमाको निर्माण घोषणा गरिएको हो । यो सिनेमाको कथा तथा निर्देशन निर्देशक कृषाकै हुनेछ ।

विशाल चौलागाईको लगानीमा निर्माण हुन लागेको यो सिनेमालाई सचिन लदियाले लेखेका हुन् । विशाल निर्देशक कृषाको भाई हुन् । यो सिनेमाको डिओपीमा पुरुषोत्तम प्रधान रहने छन् । यसअघि कृषा र पुरुषोत्तमले ‘ऐचो पैचो’ र ‘पिताम्बर’मा सहकार्य गरेका थिए । उनीहरुको यो तेस्रो सहकार्य हो । निर्माता विशालको पनि यो टिमसँग तेस्रो नै सहकार्य हो ।

केपी फिल्मस्को व्यानरमा निर्माण हुने यो सिनेमा फागुनबाट छायांकनमा जानेछ । निर्देशक कृषाले यो सिनेमा एक्सन तथा लभ स्टोरी जनरामा निर्माण हुने बताइन् ।

यो सिनेमाको कलाकार तथा अन्य प्राविधिक पक्षको जानकारी विस्तारै दिँदै जान निर्देशक कृषाले बताइन् । ‘यो सिनेमालाई पुरुषोत्तम दाईले खिच्दै हुनुहुन्छ । मैले निर्देशन गर्दैछु । ‘पिताम्बर’मा भएको गल्ती ‘पारस’मा सुधारिने छ,’ उनले भनिन् ।

यो कार्यक्रममा पर्यटन राज्यमन्त्री अरुणकुमार चौधरी प्रमुख अथिति रहेका थिए । उनले निर्देशक कृषालाई जन्मदिनको शुभकामनासहित नयाँ सिनेमाका लागि शुभकामना दिए । निर्माण पक्षले यो सिनेमाको रिलिज घोषणा गरेको छैन ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link