Home Main Highlight News बंगलादेशको चर्चित फिल्म ‘नो दोराई’ भदौ २७ देखि नेपालमा रिलिज

बंगलादेशको चर्चित फिल्म ‘नो दोराई’ भदौ २७ देखि नेपालमा रिलिज

by Parda Sansar
A+A-
Reset

बिर्तामोड । बंगलादेशको चर्चित फिल्म ‘नो दोराई’ भदौ २७ देखि नेपालमा रिलिज हुने भएको छ । एप्पल इन्टरटेनमेन्टले विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो । साहस, स्वतन्त्रता र सहनशिलताको यो कथा पेश गर्ने फिल्मले सन् २०१९ मा ६ विधामा बंगलादेशको राष्ट्रिय चलचित्र पुरस्कार जितेको थियो ।

प्रसिद्ध निर्देशक तानीम रहमान अंशुद्वारा निर्देशित ’नो डोराई’ (जसको अर्थ ’नडराएको’ हो)ले कोक्स बजारकी एक युवती आयशाको प्रेरणादायी र वास्तविक कथालाई पछ्याउँछ । सर्फिङप्रतिको उत्साहलाई पछ्याउँदै उनले गहिरो जरा गाडेका सामाजिक मान्यतालाई चुनौती दिन्छिन् । उनको यात्राले सशक्तिकरण, लगनशीलता र समुन्द्रसँगको बलियो भावनालाई चित्रण गर्छन् ।

यो फिल्मले साहसी कथावाचन, मनमोहक छायांकन र बंगलादेशमा विद्यमान सर्फ संस्कृति, महिला सशक्तिकरणको अन्वेषण गर्छ । मुख्य पात्र आयशाको प्रेरणादायी यात्रालाई ठूलो पर्दामा देशभरका दर्शकले अनुभव गर्न सकून् भन्ने उद्देश्यले नेपालका प्रमुख सिनेमा चेनहरूसँग सहकार्य गरिएको एप्पलकी सुनिता रानाले उल्लेख गरिन् ।

बंगाली र चिटगाउँनिया भाषामा बनेको यो फिल्मलाई नेपाली दर्शकले अंग्रेजी सबटाइटलमा हेर्न सक्नेछन् । आउँदो मंगलबार यो फिल्मको नेपाल प्रिमियर आयोजना गरिएको छ । प्रिमियर समारोहमा परराष्ट्रमन्त्री र सचिव, बंगलादेशी राजदूत, संचार तथा सूचना प्रविधिमन्त्री र सचिव, सार्क सचिव, चलचित्र विकास बोर्डका अध्यक्ष, बंगलादेश नेपाल वाणिज्य संस्थाका पदाधिकारी र फिल्म संस्था प्रमुख उपस्थित हुने जनाइएको छ ।

नेपालको फिल्म वितरण कम्पनी एप्पल इन्टरटेनमेन्ट र बंगलादेशको मल्टिप्लेक्स चेन स्टार सिनेप्लेक्सबीच द्धिपक्षीयरुपमा फिल्म प्रदर्शनको सहमति भएअनुसार ‘नो दोराई’ नेपालमा प्रदर्शन हुन लागेको हो । जसअनुसार, ढाकाको स्टार सिनेप्लेक्सले काठमाडौंको एप्पल इन्टरटेनमेन्टले वितरण र निर्माण गरेको फिल्म ‘केटी हराएको सूचना ः मिसिङ’लाई हालै त्यहाँ रिलिज गरेको थियो ।

एप्पल इन्टरटेनमेन्ट प्रमुख नकिम उद्दिनले दुई मुलुकका कम्पनीबीच द्धिपक्षीय रिलिजको सहमति भएको बताए । दक्षिण एसियाली स्वतन्त्र ब्यापार सम्झौता (साफ्टा)अन्तर्गत रहेर यी दुई कम्पनीले द्धिपक्षीयरुपमा फिल्म रिलिज गर्न लागेका हुन् ।  दक्षिण एसियाली स्वतन्त्र व्यापार सम्झौता (साफ्टा) भन्सार शुल्क र अन्य व्यापार अवरोधहरू घटाएर दक्षिण एसियाली देशहरू बीच व्यापार र आर्थिक सहयोग प्रवर्धन र वृद्धि गर्ने उद्देश्यले गरिएको व्यापार सम्झौता हो । जुन, सम्झौता सन् २००६ देखि कार्यान्वयनमा आएको हो ।

https://www.youtube.com/watch?v=EUnQZTofMo0

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link