Home Main Highlight News ‘हली’को टिजरमा देखियाे छाउपडी प्रथाकाे भयङ्कर रूप
 

‘हली’को टिजरमा देखियाे छाउपडी प्रथाकाे भयङ्कर रूप

by Parda Sansar
A+A-
Reset

बिर्तामाेड । आगामी साउन २२ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘हली’को टिजर सार्वजनिक गरिएको छ ।

शुक्रबार सार्वजनिक भएको साढे १ मिनेटको टिजरमा छाउपडी प्रथालाई मुख्य विषयवस्तु बनाएको देखिन्छ । महिनावारी भएकी छोरीलाई स्कुलले परीक्षा दिन समेत अस्वीकार गरेपछि बाबुले सारा गाउँले र स्कुलविरुद्ध अदालतमा मुद्दा लड्दै गरेको दृश्यहरु टिजरमा समेटिएको छ ।

ओम प्रतीकको लेखन तथा निर्देशनमा बनेको यस फिल्ममा उनीसहित सरोज खनाल, प्रमोद दीप, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, विशाल पहाडीलगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । यसअघि सार्वजनिक भएको फिल्मको रोपाइँ सम्बन्धी गीतमा दीलिप रायमाझी, दीपाश्री निरौला, पूजा शर्मा र प्रियंका कार्कीको नृत्य देख्न सकिन्छ ।

जापुरा फिल्म्स प्रोडक्सन र शुभ चिरायू फिल्म्सको सहकार्यमा निर्माण भएको फिल्मको निर्माण पूजा गुरुङ र जस्मिन श्रेष्ठले गरेका हुन् । अर्जुन भुसाल कार्यकारी निर्माता तथा नम्रता भण्डारी सह-निर्मातामा छन् । फिल्ममा राहुल राईको छायांकन, रामप्रसाद चौधरीको सम्पादन तथा शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत रहेको छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link