Home Main Highlight News श्रद्धा कपुरकाे फिल्म ईठाकाे टिजर सार्वजनिक
 

श्रद्धा कपुरकाे फिल्म ईठाकाे टिजर सार्वजनिक

by Parda Sansar
A+A-
Reset

बिर्तामाेड । बलिउड अभिनेत्री श्रद्धा कपूर र अभिनेता रणदीप हुड्डा अभिनीत नयाँ फिल्म ‘ईठा’को टिजर सार्वजनिक गरिएको छ। टिजरमा प्रस्तुत संवाद र दृश्यले फिल्ममा नृत्य साधककाे कथा बाेलेकाे छ । यसबाट फिल्मले फरक स्वादको कथा भन्ने संकेत मिल्छ ।

फिल्मको टिजरमा ‘पानमा पान चाख्न हो भने मीठो, अनि आँधीलाई नाचिरहेको हेर्न हो भने ईठा’ भन्ने संवाद समावेश गरिएको छ भने  दृश्यमा नृत्यकाे लागि इठाले गरेकाे संघर्ष देख्न पाइन्छ ।

लक्ष्मण उतेकरको निर्देशनमा तयार भएको फिल्मलाई दिनेश विजन, लक्ष्मण उतेकर र करिश्मा शर्माले निर्माण गरेका हुन्। फिल्मको कथा क्षितिज पाठवर्धनले लेखेका छन् भने संगीत अजय–अतुलको रहेको छ।

फिल्ममा श्रद्धा कपूर र रणदीप हुड्डाको मुख्य भूमिका रहेको छ। छायांकन आकाश अग्रवालले गरेका छन् भने कला निर्देशन सुब्रत चक्रवर्ती र अमित रायको रहेको छ। वैभवी मर्चेन्टले कोरियोग्राफी गरेकी छन्।

‘ईठा’ आगामी अगस्ट २८ अर्थात भदाै १२ गतेदेखि विश्वभरका हलमा प्रदर्शनमा आउने तयारीमा छ।

 

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link