Home Main Highlight News ‘परान’को पहिलो झलकमा महेश रअञ्जना

‘परान’को पहिलो झलकमा महेश रअञ्जना

by Parda Sansar
A+A-
Reset

बिर्तामोड ।  दीपकप्रसाद आचार्य ‘काकु’ निर्देशित फिल्म ‘परान’ले प्रदर्शन मिति घोषणा गरेको छ । पहिलो झलक सार्वजनिक गर्दै निर्माताले १४ कात्तिकदेखि फिल्म रिलिज हुने जनाएका छन् । पोस्टरमा महेश त्रिपाठी र अञ्जना बराइली फिचर्ड छन् । पोस्टर हेर्दा, फिल्ममा यी दुईले जोडी बाँधेको देख्न सकिन्छ ।

‘सासले हैन, साथले चल्ने’ शब्दावलीसहित बटमलाइन राखिएको छ । यसले जीवनमा भौतिक अस्तित्वभन्दा भावनात्मक साथ र सम्बन्धको महत्वलाई दर्शाउन खोजेको बुझ्न सकिन्छ । व्यवसायिक घराना गोल्छा समूह र प्रिज्मा समूहको निर्माण साझेदारी रहेको फिल्म बाइस्कोप सिनेमा प्रालिको ब्यानरमा निर्माण भएको हो ।

फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, बिनोद राई र आर्यादीप आचार्यको पनि अभिनय छ ।

पटकथा तथा संवाद यम थापाले लेखेका हुन् । पोस्टर सार्वजनिक भएसँगै फिल्मको प्रचारप्रसार सुरु भएको जानकारी निर्देशक आचार्यले दिए । रिदम कँडेलको संगीत रहेको फिल्मका गीतमा प्रमोद खरेल, पुष्पण प्रधान र रचना रिमालले स्वर दिएका छन् । शिवराम श्रेष्ठको छायांकन रहेको फिल्मलाई मित्र गुरुङले सम्पादन गरेका हुन् ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link