Home Main Highlight News ‘अभिमन्यु : च्याप्टर १’ असोज २४ गते हिन्दी र नेपाली भाषामा रिलिज हुने

‘अभिमन्यु : च्याप्टर १’ असोज २४ गते हिन्दी र नेपाली भाषामा रिलिज हुने

by Parda Sansar
A+A-
Reset

बिर्तामोड । सुशान्त गौतमको डेव्यु निर्देशन निर्माण भएको सिनेमा ‘अभिमन्यु : च्याप्टर १’को प्रदर्शन मिति पुन: सारिएको छ । आगामी अब यो चलचित्र असोज २४ गते रिलिज हुने भएको छ ।

निर्माण पक्षले आइतबार एक विज्ञप्ति जारी गर्दै रिलिज मिति पछाडि सारिएको जानकारी दिएको हो । असोज १३ गतेकै दिन चारवटा नेपाली सिनेमा एकैसाथ प्रदर्शनमा आउने भएपछि शो संख्या कम हुने चिन्ता बढेको र प्रदर्शक तथा वितरकहरूको आग्रहलाई मध्यनजर गर्दै नयाँ मिति तोकिएको जनाइएको छ । असोज २४ गते सिनेमालाई नेपाली र हिन्दी दुवै भाषामा नेपालसहित विश्वव्यापी रूपमा प्रदर्शन गरिने निर्माण पक्षले जनाएको छ ।

‘हामीले भदौ २७ गते प्रदर्शन गर्ने भनिएको सिनेमा ‘अभिमन्यु : च्याप्टर १’ देशमा भएको जेनजी आन्दोलनका कारण स्थगन गर्नु परेको थियो । तर हाम्रो सम्पूर्ण मार्केटिङ सामग्री प्रयोग भइसकेको र असोज १३ गते अन्य तीन सिनेमा प्रदर्शनमा आउने भएकाले पर्याप्त शो उपलब्ध गराउन कठिन हुने साथै यसले अन्य नेपाली सिनेमालाई समेत असर पार्ने अवस्था देखियो । यी सबै पक्षलाई विचार गरी हामीले शुभसाइत असोज २४ गतेलाई अन्तिम प्रदर्शन मिति तय गरेका छौं । यस दिन सिनेमालाई नेपाली र हिन्दी दुवै भाषामा देशभर तथा विश्वव्यापी रूपमा सार्वजनिक गरिने जानकारी गराउछौं । तपाईंहरूको साथ र समर्थनका लागि आभारी रहँदै यस निर्णयका कारण देश तथा विदेशमा रहनुभएका वितरक, प्रदर्शक, दर्शक र सञ्चारमाध्यममा पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौं ।’

यस पटक सिनेमाले सोलो रिलिजको मौका पाएको छ । जसलाई निर्माण पक्षले फाइदाजनक अवसरका रूपमा लिएको छ । सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको सस्पेन्स थ्रिलर ‘अभिमन्यु : च्याप्टर १’मा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देल मुख्य भूमिकामा छन् ।

मदन थापा क्रिएटिभ निर्देशक रहेको सिनेमको कथा मुकेश खनालले लेखेका हुन् । विनोद पौडेल र गुञ्जन गिरी निर्माता रहेको फिल्ममा रमेश चौलागाईं र हरि श्रेष्ठ सह-निर्माता रहेका छन् । कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् ।
शरद महतोको डिओपी रहेको यस फिल्ममा मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन, मदन घिमिरेको सम्पादन रहेको छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link