Home Main Highlight News ‘कोशेढुङ्गा’को सोरठी गीत ‘जाने कहाँ होला’ सार्वजनिक

‘कोशेढुङ्गा’को सोरठी गीत ‘जाने कहाँ होला’ सार्वजनिक

by Parda Sansar
A+A-
Reset

बिर्तामोड । सरोज पौडेल निर्देशित फिल्म ‘कोशेढुङ्गा’को सोरठी गीत ‘जाने कहाँ होला’ सार्वजनिक गरिएको छ । निर्माण टिमले दसैँ–तिहारको शुभकामनासहित यो गीत सार्वजनिक गरेको हो ।

गीतमा आशिष अविरल तथा सुशीला पाठकको स्वर छ । रमेश परियारका शब्द रहेको गीतमा अविरलकै संगीत, संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ छ । गीतको रिदम सेक्सनमा भुवन गन्धर्व छन् भने बाँसुरीवादन गोपाल देव तथा बास गिटारमा अनुप दास रहेका छन् । यो गीत रागा स्टुडियोमा रेकर्ड गरिएको हो ।

गीतमा झिलिमिली बत्तीसहितको पृष्ठभूमिमा अभिनेता आर्यन सिग्देल, अभिनेत्री सुरक्षा पन्त, नीति शाह, मञ्जिल कुमार आदि कलाकारको नृत्य छ । तिहारको माहौल अनुभव गर्न सकिने यो गीत सुन्दा जति कर्णप्रिय छ, भिडियो पनि उत्तिकै आकर्षक बनेको छ ।

सुमन सागर जंग केसीले गीतमा कोरियोग्राफी गरेका छन् । गत भदौ १२ गतेदेखि प्रदर्शनमा आएको फिल्ममा आर्यन सिग्देल, सुरक्षा पन्त, नीति शाह, प्रविण खतिवडा, ऋचा शर्मा, मञ्जिल कुमार, सरोज खनाललगायतको अभिनय छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link