Home Main Highlight News ‘वरिष्ठ बलराम’को गीत ‘न्याउली बनैमा’ सार्वजनिक

‘वरिष्ठ बलराम’को गीत ‘न्याउली बनैमा’ सार्वजनिक

by Parda Sansar
A+A-
Reset

बिर्तामोड ।  फिल्म ‘वरिष्ठ बलराम’को गीत सार्वजनिक भएको छ । ‘न्याउली बनैमा’ बोलको गीत निर्माणपक्षले बुधबार सार्वजनिक गरेको हो । गीतमा प्रशान्त शिवाकोटीको शब्दरचना छ । संगीत पनि प्रशान्तकै छ । स्वर प्रशान्त र शान्तीश्री परियारको छ ।

प्रेमिल गीतमा एकअर्कालाई मन पराउने युगल जोडीको कथा छ । गीतमा प्रेमिकासँग सँगै जीवन विताउने सपना बोकेको प्रेमीले बताएका छन् । प्रेमिकाले भने प्रेमीको बानीव्यवाहारप्रति शंका व्यक्ति गरेकी छन् ।

मायामा शंका नगर्न गरेको प्रेमीको आग्रहमा प्रेमिका सहमत हुने गीतको भिडियो पनि आकर्षक छ । भिडियोमा सिनेमाका मुख्य दुई कलाकार विजय बराल र समृद्धि आर्यालको अभिनय छ । गीत र भिडियोले विजय र संबृद्धिको जोडी रहेको संकेत गरेको छ ।

कात्तिक ६ गते भाइटीकामा रिलिज हुने ‘वरिष्ठ बलराम’लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् । ‘वरिष्ठ बलराम’मा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङल, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी ९पीके० लगायत कलाकारको अभिनय छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link